१४ भाद्र २०८३, आईतवार
,
Latest
त्रिशूली–३ ‘बी’ मा उद्धारका लागि सुरुङ प्रवेशको तयारी, फ्रन्ट फेसमा चार प्वाल ड्रिलिङ सम्पन्न भोटेकोसी बाढीमा खोज, उद्धार र राहत प्रभावकारी बनाउन रवि लामिछानेको निर्देशन सन्दीपको घोषणा : एक महिनाको तलब दैवी प्रकोप उद्धार कोषमा, हरेक विकेट र बाउन्ड्रीमा १,५००… भोटेकोशी बाढीः त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली बाजुरामा जिल्लाव्यापी पशु खोप अभियान भोटेकोशी बाढी : ७३५ शव फेला, २ हजार ७१५ जनाको उद्धार विपद्को बेला सरकारलाई सघाउँछौँ, कमजोरी पनि औँल्याउँछौँ : गगन थापा बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा नक्कली विवरण बनाएर ठगी गर्ने पक्राउ भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले सचिवालय बैठकअघि कर्ण थापाले दर्ता गराए फरक मत



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले विधान महाधिवेशनमा फरक मत दर्ता गराएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अभियान चलाउँदै आएका थापाले विधान महाधिवेशनको सन्दर्भमा निर्णय लिन सचिवालय बैठक सुरु हुनुअघि आज केन्द्रीय कार्यालय च्यासल पुगेर फरक मत दर्ता गराएका हुन् ।

पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरण नगर्ने, ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने विषयमा फरक मत दर्ता गरेको थापाले बताए ।

पार्टी लोकतान्त्रिक विधिबाट सञ्चालन नभएको भन्दै थापाले प्रथम विधान महाधिवेशनदेखि अहिलेको विधान महाधिवेशनसम्म आइपुग्दा गरेको निर्णय, भएका कामहरू, विधि, मूल्य मान्यता अनुसार पार्टी नचलेको आरोप लगाएका छन् ।

एमालेको सचिवालय बैठक जारी छ ।