७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

अछाममा रुखमा झुन्डिएको अवस्थामा दुई किशोरी मृत भेटिए



अ+ अ-

काठमाडौँ । अछामा दुई जना किशोरी झुन्डिएको अवस्थामा मृत भेटिएका छन् ।

अछामको तुर्माखाँद गाउँपालिका–६ मा दुई जना किशोरी एउटै रुखको एकै हाँगामा झुन्डिएको अवस्थामा बिहीबार मृत फेला परेका हुन् ।

घटनाबारे जानकारी पाउनसाथ प्रहरी निरीक्षकको टोली घटनास्थल तर्फ गइसकेको छ ।

दुवै जना किशोरी १७ गतेदेखि सम्पर्कविहीन रहेको बताइएको छ । घरका आफन्तहरूले खोजी गर्ने क्रममा आज बिहान घरदेखि केही दूरीमा रहेको वनमा झुन्डिएको अवस्थामा मृत फेला पारेका हुन् ।

मृत फेला पर्ने किशोरी अन्दाजी १६ र १३ वर्षका छन् । १६ वर्षकी किशोरी विवाहित रहेको बताइएको छ । उनको परिवारका अन्य सदस्यहरू रोजगारीका लागि भारतमा छन् ।