१४ भाद्र २०८३, आईतवार
,
Latest
त्रिशूली–३ ‘बी’ मा उद्धारका लागि सुरुङ प्रवेशको तयारी, फ्रन्ट फेसमा चार प्वाल ड्रिलिङ सम्पन्न भोटेकोसी बाढीमा खोज, उद्धार र राहत प्रभावकारी बनाउन रवि लामिछानेको निर्देशन सन्दीपको घोषणा : एक महिनाको तलब दैवी प्रकोप उद्धार कोषमा, हरेक विकेट र बाउन्ड्रीमा १,५००… भोटेकोशी बाढीः त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली बाजुरामा जिल्लाव्यापी पशु खोप अभियान भोटेकोशी बाढी : ७३५ शव फेला, २ हजार ७१५ जनाको उद्धार विपद्को बेला सरकारलाई सघाउँछौँ, कमजोरी पनि औँल्याउँछौँ : गगन थापा बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा नक्कली विवरण बनाएर ठगी गर्ने पक्राउ भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

अछाममा रुखमा झुन्डिएको अवस्थामा दुई किशोरी मृत भेटिए



अ+ अ-

काठमाडौँ । अछामा दुई जना किशोरी झुन्डिएको अवस्थामा मृत भेटिएका छन् ।

अछामको तुर्माखाँद गाउँपालिका–६ मा दुई जना किशोरी एउटै रुखको एकै हाँगामा झुन्डिएको अवस्थामा बिहीबार मृत फेला परेका हुन् ।

घटनाबारे जानकारी पाउनसाथ प्रहरी निरीक्षकको टोली घटनास्थल तर्फ गइसकेको छ ।

दुवै जना किशोरी १७ गतेदेखि सम्पर्कविहीन रहेको बताइएको छ । घरका आफन्तहरूले खोजी गर्ने क्रममा आज बिहान घरदेखि केही दूरीमा रहेको वनमा झुन्डिएको अवस्थामा मृत फेला पारेका हुन् ।

मृत फेला पर्ने किशोरी अन्दाजी १६ र १३ वर्षका छन् । १६ वर्षकी किशोरी विवाहित रहेको बताइएको छ । उनको परिवारका अन्य सदस्यहरू रोजगारीका लागि भारतमा छन् ।