३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

ट्रम्प प्रशासनद्वारा भन्सार शुल्कसम्बन्धी द्रुत निर्णयका लागि सर्वोच्च अदालतमा याचिका दायर

ट्रम्प प्रशासनद्वारा भन्सार शुल्कसम्बन्धी द्रुत निर्णयका लागि सर्वोच्च अदालतमा याचिका दायर
TOPSHOT - US President Donald Trump speaks during an announcement about the Golden Dome missile defense shield, in the Oval Office of the White House on May 20, 2025, in Washington, DC. (Photo by Jim WATSON / AFP)
अ+ अ-

एजेन्सी । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले बुधबार अमेरिकी सर्वोच्च अदालतसमक्ष विश्वव्यापी बजारमा प्रभाव पर्ने भन्सार शुल्कको संरक्षण सुनिश्चित गर्न द्रुत निर्णय लिन आग्रह गरेको छ ।

प्रशासनले तल्लो अदालतको फैसलाले पहिले नै व्यापार वार्तामा नकारात्मक प्रभाव पारेको दाबी गरेको छ ।

महान्यायाधिवक्ता जोन सोअरले अदालतमा भन्नुभयो, “राष्ट्रपतिको भन्सार शुल्कको पूर्ण कानूनी स्थिति छिटो पुष्टि गर्नु अत्यन्त महत्त्वपूर्ण छ । यस मुद्दाको समाधान सकेसम्म द्रुत गर्न आवश्यक छ ।”

यो याचिका अमेरिकी अपील अदालत (फेडरल सर्किट) को ७–४ फैसलापछि दायर गरिएको हो । अपील अदालतले ट्रम्पले आपत्कालीन आर्थिक शक्तिको दुरुपयोग गर्दै व्यापक भन्सार शुल्कहरू लगाउने क्रममा आफ्नो अधिकार पार गर्नुभएको पत्ता लगाएको थियो ।

यद्यपि, न्यायाधीशहरूले अक्टोबर मध्यसम्म लेभीहरू लागू गर्न अनुमति दिएका छन्, जसले ट्रम्पलाई सर्वोच्च अदालतमा मुद्दा लड्न समय दिएको छ ।

राष्ट्रपतिमा फर्किएपछि ट्रम्पले युरोपेली सङ्घ ९इयु०, जापान र अन्य दर्जनौँ अर्थतन्त्रका लागि १० प्रतिशत आधारभूत दर र उच्च दरसहित लगभग सबै अमेरिकी व्यापारिक साझेदारहरूमाथि ‘पारस्परिक’ भन्सार शुल्क लगाउनुभएको थियो ।

साथै, अमेरिकी राष्ट्रपतिले संयुक्त राज्य अमेरिकामा घातक लागुऔषधको प्रवाहलाई ध्यानमा राख्दै मेक्सिको, क्यानाडा र चीनमाथि छुट्टै कर लगाउने समान अधिकार प्रयोग गर्नुभएको थियो ।

अपील अदालतले आपत्कालीन ऐन प्रयोग गरेर आफ्नो अधिकार नाघिएको फैसला गरेको थियो ।

यस फैसलाले इयु जस्ता प्रमुख व्यापारिक साझेदारहरूसँग ट्रम्पले गरेका सम्झौतामा शङ्का सिर्जना गरेको छ । यदि कन्जर्भेटिभ बहुमतको सर्वोच्च अदालतले ट्रम्पको पक्षमा निर्णय दिएन भने, संयुक्त राज्य अमेरिकाले सङ्कलन गरेको अर्बौं डलरको भविष्य अनिश्चित देखिएको छ ।

याचिकामा वित्तमन्त्री स्कट बेसेन्टले अपील अदालतको निर्णयले प्रशासनलाई ‘पर्याप्त वार्ताको लाभ’ लिन रोक लगाएको चेतावनी दिनुभएको छ ।

महान्यायाधिवक्ताले नोभेम्बरको सुरुमा मौखिक तर्कहरू सुन्न अनुरोध गर्नुभएको छ ।