१० श्रावण २०८३, आईतवार
,
Latest
संवैधानिक राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै भदौ अन्तिम सातादेखि आन्दोलन गर्ने प्रजातान्त्रिक पार्टी नेपालको… सीमा अपराध नियन्त्रण र राजस्व चुहावट नियन्त्रणमा नतिजामुखी काम गर्न निर्देशन सीमा अपराध नियन्त्रण र राजस्व चुहावट नियन्त्रणमा नतिजामुखी काम गर्न निर्देशन ग्रीसमा हुने अन्तर्राष्ट्रिय फोटो महोत्सवका लागि फोटो पत्रकार सुशील श्रेष्ठका तीन तस्बिर थानाभर्‍याङ क्षेत्रमा पुरुष मृत अवस्थामा फेला जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव मोबाइल नदिएको निहुँमा साथीको हत्या झापामा गत आवमा ३९३ लागुऔषधका मुद्दा दर्ता कञ्चनपुरमा भारत सरकारको सहयोगमा विद्यालय भवन रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव भेटियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलात्कारको आरोपमा टिभी अभिनेता आशिष कपुर पक्राउ



अ+ अ-

एजेन्सी । टेलिभिजन सिरियल ‘ये रिश्ता क्या कहलाता है’ मा देखिएका अभिनेता आशीष कपूरलाई बलात्कार आरोपमा प्रहरीले बुधबार पुणेबाट पक्राउ गरेको छ ।

दिल्लीमा गत साउनको दोस्रो हप्तामा भएको एक हाउस पार्टीका क्रममा शौचालयभित्र पीडितसँग जबरजस्ती गरेको भन्दै पीडितले ११ साउनमा प्रहरीमा उजुरी दिएकी थिइन् ।

सुरुवाती उजुरीमा कपूरसहित उनका साथी र दुई जनामाथि सामूहिक बलात्कारको आरोप लगाइए पनि पछि पीडितले बयान परिवर्तन गरी केवल आशीष कपूरमाथि मात्र दुष्कर्मको आरोप लगाइन् ।

पुलिसका अनुसार उनीहरूको परिचय इन्स्टाग्राममार्फत भएको थियो । घटनास्थलको सीसीटीभी र प्रत्यक्षदर्शीका बयानअनुसार पार्टीका क्रममा आशीष र पीडित लामो समय वाशरुमभित्रै थिए ।

डीसीपी (नर्थ) राजा बंथियाले आशीषलाई पुणेबाट पक्राउ गरिएको पुष्टि गरेका छन् । यसअघि उनका साथी र साथीकी श्रीमतीलाई अदालतले अग्रिम जमानत दिएको छ ।

आशीष कपूर देखा एक ख्वाब’ टेलिश्रृंखला र कुर्बान, टेबल नम्बर २१ जस्ता चलचित्रमा देखिएका थिए । उनी केही समयदेखि पर्दाबाट टाढा रहेका छन् ।