२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

शैक्षिक क्षेत्रमा राजनीतिक हस्तक्षेप बन्द गर्नुपर्नेमा जोड



अ+ अ-

तनहुँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले शैक्षिक क्षेत्रमा राजनीतिक हस्तक्षेप गर्न नहुने बताउनुभएको छ ।

तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको ३९औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै भण्डारीले शैक्षिक क्षेत्रमा राजनीति गर्न नहुने उल्लेख गर्नुभयो ।

तनहुँ क्षेत्र नं २ बाट निर्वाचित सांसदसमेत रहनुभएका भण्डारीले शिक्षा क्षेत्रमा देखिएको समस्या समाधानका लागि सरकार गम्भीर हुनुपर्ने बताउनुभयो । भण्डारीले नयाँ शिक्षा ऐन निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगेकाले शिक्षा क्षेत्रमा सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।

समुदायस्तरबाट सञ्चालित आदिकवि भानुभक्त क्याम्पसले यस क्षेत्रको शैक्षिक उन्ननयमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उहाँको भनाइ थियो ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर चुमान, अशोककुमार श्रेष्ठ, संविधानसभा सदस्य रामचन्द्र पोख्रेल, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेलगायतले शिक्षा क्षेत्रको विकासका लागि सबै एकजुट हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

सो क्याम्पसमा हाल तीन हजार १०० विद्यार्थी अध्ययनरत छन् । त्यसमध्ये ९० प्रतिशत विद्यार्थी ग्रामीण भेगका छन् भने १८ प्रतिशत विद्यार्थी दलित र ७० प्रतिशत विद्यार्थी विपन्न वर्गका छन् । रासस