२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनताका पक्षमा काम गर्न निर्देशन-मन्त्री नवलकिशोर



अ+ अ-

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर शाह सुडीले जनतालाई प्रत्यक्ष लाभ हुने र परिणाम आउनेगरी काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

मन्त्रालयमा आज भएको आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक प्रगति समीक्षा कार्यक्रममा उहाँले मन्त्रालयले विगतमा गरेको कमीकमजोरीबाट पाठ सिक्दै आगामी दिनमा परिणाममुखि काम गर्न निर्देशन दिनुभएको हो ।

उहाँले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्न मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को पहिलो संशोधन विधेयक मन्त्रिपरिषद्मा पेस गर्ने तयारीमा रहेको जानकारी दिनुभयो ।

मन्त्रालयले मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति तथा राष्ट्रिय कार्ययोजनाको मस्यौदा निर्माण गरी सङ्घ, प्रदेश र स्थानीय तहमा सरोकारवाला निकाय, नागिरक समाज सङ्घसंस्था तथा पीडित÷प्रभावितसँग छलफलका आधारमा परिमार्जन गरी अन्तिम रूप दिने तयारी गरेको छ ।

मन्त्रालयले पछिल्लो एक वर्षमा करिब ६० जना दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरेको जनाएको छ । एक वर्षमा मन्त्रालयले मानव बेचबिखन तथा ओसारपसार पीडित÷प्रभावित ७७ महिलाको स्वदेश फिर्ती, पारिवारिक पुनर्मिलन तथा पुनःस्थापना पनि गरेको छ ।  रासस