२१ भाद्र २०८३, आईतवार
,
Latest
कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि दुई विकल्पमा अध्ययन आन्तरिक राजनीतिभन्दा विपद् पीडितको राहत र उद्धारमा काँग्रेस लाग्छः गगन थापा नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक १० घण्टा आंशिक रोक भोटेकोशी बाढी : १३ हजारभन्दा बढीको उद्धार, अझै ५ हजार बेपत्ता बालेनलाई गगनले भने– संयुक्त राष्ट्रसंघको महासभामा तथ्य र प्रमाणसहित प्रश्तुत हुनुस्, आफ्नो सचिवालयको मात्रै भर… भोटेकोशी बाढीः युद्धस्तरमा उद्धार र पुनःस्थापना गर्न नेता लामाको आग्रह विपद् व्यवस्थापन र भौतिक पूर्वाधारको सुरक्षा संवेदनशीलतामा गम्भीर समीक्षा आवश्यक छः सभापति थापा बेपत्ता व्यक्तिलाई मृत मान्न नसकिने वर्तमान कानूनी व्यवस्था संशोधन गरियोस्ः गगन थापा मुक्त हलियाको समस्या स्थायी रूपमा समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री भट्ट टिपरको ठक्करबाट एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको भूभाग र सार्वभौमिकता बचाउन संसद, दल र जनता एकजुट हुनुपर्छः सांसद बडू



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सीमा, भौगोलिक अखण्डता र सार्वभौमिकताका सवालमा संसद, राजनीतिक दल र नागरिक समाज एक ढिक्का हुनुपर्ने बताउनुभएको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालको संलग्नता र सहमतिबिना लिपुलेकलाई दुई देशबीचको व्यापारिक मार्ग बनाउनेगरी भारत र चीनबीच सहमतिप्रति प्रधानमन्त्रीले स्पष्ट आपत्ति जनाएको उल्लेख गर्दै धन्यावाद व्यक्त गर्नुभयो । उहाँले सीमा विवादको समाधानका लागि दुई छिमेकी देशहरुसँगको कुटनीतिक बहस र छलफलबाट निकाल्नुपर्नेमा जोड दिनुभयो । उहाँले सुगौली सन्धिअनुसार कालापानी, लिपुलेक र लिम्पिधुरा नेपालकै भएको स्पष्ट समेत पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीको सचिवालय र परराष्ट्र सचिवद्वारा जारी प्रेस नोटअनुसार चीनमा हाम्रा प्रधानमन्त्रीजीले चिनियाँ राष्ट्रपतिसँग नेपालको कुनै, संलग्नता, जानकारी र सहमतिबिना नेपालको भूमि लिपुलेकलाई दुई देशबीचको व्यापारिक मार्ग बनाउनेगरी भारत र चीनबीच ३ भद्र २०८२ मा भएको सहमतिका प्रति स्पष्टतः नेपालको आपत्ति रहेको जनाउनु भएको छ । साथै महाकाली नदिको मुहान लिम्पियाधुरामा रहेको र सुगौली सन्धिका अनुसार महाकालीमाथिका सबै भूभाग सार्वभौम मुलुक नेपालको नै रहेको स्पष्ट छ भन्दै आफ्नो अडान समेत राख्नुभएको छ । यस प्रसंशनीय कार्यका लागि म सबैलाई हार्दिक धन्यावाद पनि दिन चाहान्छु । आफ्नो देशको सीमा, भौगोलिक अखण्डता र सार्वभौमिकताका सन्दर्भमा सिंगो संसद सम्पूर्ण राजनीतिक दलहरु, सिंगो नागरिक समाज, नेपाली प्रेस जगत र नेपाली जनता विगतमाझैँ एक ढिक्का छन् र एकसाथ उभिएका छौं हामी भन्नेमा पनि म विश्वस्थ छु ।’

प्रधानमन्त्री केपी शर्मा ओलीको चीनका राष्ट्रपति सी जीनपिङसँग भएको भेटमा नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिका विषयमा स्पष्टरुपमा आपत्ति रहेको विषय उठाउनुभएको थियो ।