७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

मालपोत कार्यालय काभ्रेमा अख्तियारको छापा, खरिदार भण्डारी घुससहित पक्राउ



अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय धुलिखेल काभ्रेपलाञ्चोकका खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारीलाई २ लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

फिल्ड बुकमा दर्ता छुट भएको जग्गा धनीको नाममा दर्ता गर्न सेवाग्राहीसँग घुस मागेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको हो ।

अख्तियारको टोलीले उनलाई घुस लिइसकेको अवस्थामा कार्यलय परिसरबाटै मोबाइल डिभाइससहित नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका भण्डारीमाथी थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।