३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

अमेरिकाको निस्कासनमा परेका थप ३७ नेपाली आज काठमाडौं आइपुग्दै, को–को छन् ?

अमेरिकाको निस्कासनमा परेका थप ३७ नेपाली आज काठमाडौं आइपुग्दै, को–को छन् ?
Photo : Social Media
अ+ अ-

काठमाडौं । अमेरिकी सरकारले डिपोर्ट गरेका थप ३७ जना नेपाली आज काठमाडौं आइपुग्दैछन् । अमेरिकाको ‘इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट’ (आइस)ले निस्कासन गरेका ३७ जना नेपालीलाई चार्ड विमानमार्फत् नेपाल ल्याउन लागेको हो ।

ओम्नी एयरको चार्टर विमानबाट आज दिउँसो आइपुग्ने गरी अमेरिकाले डिपोर्ट गरेको अध्यागमन विभागले जनएको छ । अमेरिकाले ‘उडान नम्बर एन ८२८ एएक्स’ नम्बरको जहाजबाट उनीहरूलाई नेपाल पठाएको हो ।

अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा अमेरिकामा उनीहरूलाई पक्राउ गरिएको थियो । राहदानी नभएकाहरूलाई वासिङ्टन डीसीस्थित नेपाली दूतावासले ट्राभल डकुमेन्ट उपलब्ध गराएको छ ।

डिपोर्ट हुनेहरूमा दुईजना बस्नेत, तीनजना भण्डारी, विश्वकर्मा, बोहरा, बुढाथोकी, छिनाल, डाँगी, कुँवर, खत्री र शाह थर भएका एक–एकजना छन् ।

त्यसैगरी, दुईजना चौधरी, दुईजना कँडेल, दुईजना खड्का, छजना केसी, तीनजना ओली, साथै आचार्य, पुन, विक, गौतम, शेर्पा, सिंह, सुवेदी, तामाङ र ठाडा थर भएका एक–एकजना निष्कासितको सूचीमा छन् ।

अमेरिकामा डोनल्ड ट्रम्प दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएपछि गत जनवरीदेखि हालसम्म २ सय १५ जना नेपाली नागरिकलाई फिर्ता पठाइएको छ । हालसम्म ‘डिपोर्ट’ भएर नेपाल फिर्ता हुनेमा २८ जिल्लाका छन् ।

यसअघि अमेरिकाले २०८१ फागुन २१ गते ७ पुरुष र १ महिलासहित ८ जनालाई चार्टर विमानमार्फत नेपाल पठाएको थियो ।

त्यस्तै जेठ २४ गते ३२ पुरुष र ५ महिला गरेर ३७ जना नेपालीलाई अमेरिकाले पठाएको थियो । यसका अलवा डिपोर्ट भएका १७० जना भने नियमित उडानमार्फत नेपाल आइपुगेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अनुसार जनवरीमा ६, फेब्रुअरीमा १८, मार्चमा ३२, अप्रिलमा २६, मे मा ५८, जुनमा ४२, जुलाइमा १७ र अगस्तमा १६ नेपाली डिपोर्ट भइ नेपाल फर्किसकेका छन् । डिपोर्ट भएकामध्ये १९७ पुरुष छन् भने १८ महिला छन् ।

यसअघि डिपोर्ट भएकाहरू दाङ, पश्चिम रुकुम, पूर्वी रुकुम, सल्यान, म्याग्दी, पर्वत, बाँके, रोल्पा, बागलुङ, सिन्धुपाल्चोक, काठमाडौं, जाजरकोट, दोलखा, कास्की, कैलाली, कञ्चनपुर, गोरखा, जुम्ला, झापा, डोटी, डोल्पा, धनकुटा, पर्सा, मकवानपुर, मुस्ताङ, मोरङ, सिन्धुली र सुनसरीका छन् ।

अमेरिकाबाट डिपोर्ट हुनेमा सबैभन्दा धेरै दाङ, पश्चिम रुकुम र पूर्वी रुकुमका छन् ।

दोस्रो कार्यकालका लागि ट्रम्प अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएर २० जनवरी २०२५ पदभार सम्हालेसँगै अमेरिकाले गैरकानुनी रूपमा बसोबास गर्दै आएका नेपालसहितका आप्रवासीहरूलाई निष्कासन गर्ने नीति लिएको हो ।

अमेरिकाले नेपालसहितका मुलुकबाट अमेरिका पुगेका १४ लाख ४५ हजार ५ सय ४९ जनालाई निष्कासनको सूचीमा समेटेर नियन्त्रणमा लिन सुरक्षाकर्मीलाई परिचालन गरेको छ ।

यसमध्ये सबैभन्दा बढी मेक्सिको, एल साल्भाडोर, भारत, ग्वाटेमाला, होन्डुरस, भेनेजुएलाबाट अमेरिका छिरेकाहरू ‘डिपोर्ट’ को सूचीमा छन् ।

ट्रम्प प्रशासन आएपछि आइसले २४ नोभेम्बर २०२४ सम्म ‘डिपोर्ट’ का लागि अन्तिम आदेश पाइसकेका तर पक्राउ नपरेकालाई पछिल्लो समय धरपकड गरी नियन्त्रणमा लिएर सम्बन्धित देशमा फिर्ता अभियान चलाएको हो ।

पहिलो चरणमा २४ जुन २०१५ पछि अमेरिका प्रवेश गरेका र अमेरिका छाड्नुपर्ने आदेश पाइसकेका कागजातविहीन आप्रवासीहरू ‘डिपोर्ट’ मा पर्दै आएका छन् ।