२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेनी–दरवाङ सडक खुल्यो



अ+ अ-

म्याग्दी। धवलागिरी, मालिका र मङ्गला गाउँपालिकालाई म्याग्दीको सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक एक दिनपछि आज अपराह्नदेखि सञ्चालनमा आएको छ ।

मङ्गला गाउँपालिका–२ पानाबगरमा पाखोबाट खसेको पहिरो सडकमा थुप्रिएर २४ किलोमिटर दूरीको बेनी–दरवाङ सडकमा सोमबार दिउँसोदेखि अवरुद्ध भएको थियो ।

पूर्वाधार विकास कार्यालय र म्याग्दी नदीमा निर्माणाधीन जलविद्युत् आयोजनासँग समन्वय गरेर डोजर परिचालन गरी सडक खुलाइएको गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुुर जुग्जालीले जानकारी दिनुभयो । रासस