१३ श्रावण २०८३, बुधबार
,
Latest
संवेदनशील मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आदेश चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध फुटवेयर क्षेत्रमा सीपयुक्त जनशक्ति र रोजगारी सिर्जनाका लागि श्रममन्त्री यादवको पहल अत्यावश्यक परेमा मात्र राहदानीका लागि आवेदन दिन विभागको अनुरोध लुम्बिनी प्रदेशमा ८ मन्त्रालय कायम अमेरिका–इरानबीच पुनः शत्रुतापूर्ण गतिविधि सुरु सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै रास्वपा बैठक: बालेन शाह वरिष्ठ नेतामा मनोनीत, सचिवालयका को को ? मम्स इन्टरनेसनल नेपालद्वारा कराते च्याम्पियन सुनिल लामा र उदीयमान खेलाडी याङतेन लामा सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

हङकङमा ‘गोरखा फाइनान्स लिमिटेड’को भव्य शुभारम्भ



अ+ अ-

हङकङ। नेपाली समुदायको पहलमा स्थापना गरिएको ‘गोरखा फाइनान्स लिमिटेड’को औपचारिक शुभारम्भ गरिएको छ। चिम सा शुईस्थित वाईएमसीए टावरको विशेष हलमा आयोजित भव्य समारोहमा नबिल बैंक लिमिटेड नेपालका सीइओ मनोज कुमार ज्ञवाली प्रमुख अतिथि रहेका थिए।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि ज्ञवालीले नेपालमा थुप्रै वित्तीय संस्थाहरू धरासयी भइरहेको उदाहरण प्रस्तुत गर्दै लगानी सुरक्षित गर्नका लागि सावधानीपूर्वक योजना बनाउनुपर्ने सुझाव दिए।

हङकङमा रहेका नेपाली समुदायका सहयोग र सुझावका आधारमा यो फाइनान्स सुरु गरिएको सञ्चालक डीके दाहालले बताए । उनले भने, “हङकङमा नेपालीहरूको आफ्नै बैंक होस् भन्ने हाम्रो सपना थियो, आज त्यो प्रारम्भिक कदम अघि बढेको छ।”

कार्यक्रममा हङकङमा आवद्ध विभिन्न सामाजिक, व्यावसायिक तथा संस्थागत व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सञ्चालक मण्डलमा डिके दाहाल र आकाश बन्जारा लगायतको नेतृत्व रहेको छ।

यस अवसरमा सञ्चालक दाहाल र बन्जारालाई शुभकामना तथा बधाई दिइएको थियो।