१ पुष २०८२, मंगलवार
,
Latest
प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव अगामी पुस १३ देखि पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल एमाले महाधिवेशनः साँझ ७ बजेबाट मतदान हुने माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार बढी रुख काटियो अख्तियारद्वारा पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता पासाङ शेर्पाको उम्मेदवारी खारेज एमाले महाधिवेशनः ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने रेडपाण्डा म्याराथनः पुरुषतर्फ गजेन्द्र र महिलातर्फ निर्मलाले उपाधि जिते
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले अख्तियारसम्बन्धि विधेयक अघि बढाउन चाहेनः काँग्रेस



अ+ अ-

काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसका सांसदहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धि विधेयक अघि बढाउन नचाहेको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

मंगलवार सिंहदरवारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै नेपाली काँग्रेसकाका महामन्त्री एवं सांसद गगनकुमार थापा र सांसद दिलेन्द्रप्रसाद बडूले सो विधेयक अघि बढाउनका लागि प्रधानमन्त्री केपी शर्मा ओली र सम्बन्धित मन्त्रीहरुलाई तत्काल दबाब दिन पनि समितिकी सभापति ईश्वरीदेवी न्यौपानेलाई सुझाव दिनुभयो । उहाँले सो विधेयकको क्षेत्राधिकारको विषय अदालतको विषय भएपनि त्यसमा सरकारको स्पष्ट धारणा आउनुपर्ने माग गर्नुभयो ।

महामन्त्री थापाले भन्नुभयो, ‘यो विधेयक यत्तिकै ररिरहन सक्दैन । त्यसैले हामी उपसमितिबाट रिपोर्ट ल्याउँछौ । छलफल गर्छौं । समितिले एउटा प्रतिवेदन बनाउँछ । त्यो पार्लियामेन्टमा जान्छ । सरकारलाई पार्लियामेन्टमा गएर पनि त्यो प्रतिवेदन चित्त बुझेन भने त्यहाँबाट फिर्ता लिएर जान सक्छ । मन परेन सरकारले फिर्ता लिएर जान सक्छ । यस्तो कुरा थुप्रै पटक भएको पनि छ । अर्को सर्वाेत्तम कुरा कहाँबाट हो भने सभापतिजीले बुझ्नुपर्ने कुरा के हो भने उपसमितिले प्रतिवेदन तयार पारेर लिएर आयो । त्यो प्रतिवेदन हामी छलफल  गर्छाै । सरकारको यसबारे कुनै स्पेसिफिक मत छन भने ल्याएर राखोस न ।

हामी सुन्छौ नि । त्यो हामीले सामूहिक विवेक प्रयोग गछौं । सरकार पनि आफ्ना कुराहरु होलान । मलाई लागेको कुरा पतञ्जलीको बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अभियोजन गरेर त्यो सम्माननित अदातलमा गईसकेपछि अख्तियारको क्षेत्राधिकारको बारेमा अदालतले केही कुरा बोल्छ । त्यसकारण यसलाई धेरै पक्षविपक्षमा नलैजाउ । यी विषयहरु खलामनले अलि उदार भएर छलफल चलाउनुपर्ने आवश्यक्ता देख्छु । यसका निम्ति माननीय सभापतिजीले प्रधानमन्त्री र अरुमन्त्रीहरुलाई पनि यो ठिक छ हेरौला भन्ने सुविधा छैन । समितिले बैठक राख्दासम्म सरकार प्रष्टहोस भनेर भनिदिनु पर्छ । म बैठक यतिसम्म राख्छु भनेर प्रष्ट रुपमा सरकारलाई सभापतिजीले भनिदिनु पर्छ । यसलाई यतिकै राख्न म सक्दिन भनेर शुरुमै समितिका सभापतिजीले भनिदिनु पर्छ ।’

त्यसैगरी सांसद बडूले सरकारले सो विधेयक अघि नबढाएको आक्रोश व्यक्त गर्नुभयो । उहाँले सो विधेयकलाई अघि बढाउनका लागि समितिका सभापति न्यौपानेलाई विशेष पहल गर्न पनि सचेत गराउनु भयो । सांसद बडूले सो विधेयक सरकारले नचाहेको कारण समितिमा अघि नबढन नसकेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्बन्धि विधेयक पारित हुन बाँकि भनेका छौं । यद्यपि यो उपसमितिमा सर्वसम्मत रुपमा पारित भईसकेको हुनाले अव यो धेरै छलफल होला जस्तो त लाग्दैन । तर पनि यो छलफलमा नल्याई रोकिएको अवस्था हो । यस्तो गर्नु हुनै हालतमा पनि ठिक हुँदैन । र, यसलाई यथासम्भव छिटो छलफलमा ल्याउनु पर्छ । यो फेरी छलफलमा ल्याउने दायित्व सरकार कै हो । सरकारले यसलाई अघि नबढाएर हाउसमा नपु¥याउने र समितिमा नै राखिराख्ने मनसाय देखियो । यो ठिक भएन । र, हामीले यो विषयमा रिक्वेष्ट गर्नु पर्दछ । यो कुरा म सभापतिजीलाई विशेष रुपमा पहल गर्न आग्रह गर्दछु । यसलाई छिटो पार लगाउनु पर्दछ हामीले । यसलाई रोकेर राख्नु कदापि ठिक हुँदैन ।’

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले सो विधेयक समितिमा अघि बढाउन सभापति न्यौपानेलाई दबाब दिनुभयो । उहाँले विगतमा पनि समितिका निःवर्तमान सभापति रामहरि खतिवडाले सो विधेयक अघि बढाउन नदिएको गुनासो गर्नुभयो । प्रमुख सचेतक पाण्डेले २०७६ सालमा संसदमा दर्ता भएको सो विधेयक अझै पारित नहुनु लाजमर्दो विषय भएको उल्लेख गर्दै सो विधेयकलाई समितिले आफ्नो अधिकारलाई प्रयोग गरेर अघि बढाउनुपर्ने र त्यसले सरकारलाई पनि दवाव पुग्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘यो अख्तियार सम्बन्धि विधेयकबारे मैले यसमा माननीय निवर्तमान सभापति रामहरी खतिवडाको भूमिकाप्रति नै समिक्षा गर्न चाहन्छु । यो विषयमा सबै माननीयहरुले बैठकमा बारम्बार कुरा उठाउँदा उठाउँदै पनि छलफलमा ल्याउन भएन । यसकारण यो छलफलमा नै ल्याउनका लागि सरकार तयार भएको छैन । सरकार त तयार हँुदो रहेनछ । तर सरकार तयार नभएपनि हाम्रो राइट पनि यो त अघि बढाउने । त्यसकारण यसका बारेमा मेरो निवर्तमान सभापतिसँग पनि छलफलमा नल्याएकोमा गुनासो छ । छलफलको एजेण्डामा नै नल्याउने हामीले कराउँदा कराउँदै पनि । यसलाई नया सभापतिले छिटो ल्याउनु पर्छ । २०७६ सालमा दर्ता भएको विधेयक अहिलेसम्म पारित हुन नसक्नु लाजमर्दो विषय हो ।’

यता जनता समाजवादी पार्टीका सांसद अशोककुमार राईले संघीयता कार्यान्वयनसँग सम्बन्धित विधेयकहरु छिटो अघि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले समितिले प्रहरी ऐनलगायतका अति आवश्यक ऐन निर्माणमा लागि सक्दो पहल गर्नुपर्ने पनि बताउनु भयो ।

सांसद राईले भन्नुभयो, ‘सविधान कार्यान्वयन गर्न आवश्यक कानुननै बनेको छैन । एउटा निजायती सेवा ऐन आएको छ । त्यो पनि विवादमा छ । तर आउँला । संघीयतालाई कार्यान्वयन गर्नका लागि नेपाल प्रहरी ऐन हो । हामीले सक्रियताका साथ काम गर्नुपर्ने र संघीयता सम्बन्धि विधेयक छिटो पास गर्नुपर्ने हुन्छ ।’

बैठकमा समितिका अन्य सदस्यहरुले संघीयता कार्यान्वयनका लागि आवश्यक सबै कानून निर्माण हुनेगरी अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका थिए ।