२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० अन्तर्राष्ट्रियबाट मिचेल स्टार्कको सन्यास



अ+ अ-

काठमाडौँ । अस्ट्रेलियाका तेज बलर मिचेल स्टार्कले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।

३५ वर्षीय स्टार्कले अब टेस्ट र २०२७ मा हुने एकदिवसीय विश्वकपमा ध्यान केन्द्रित गर्ने बताएका छन् । उनले अन्तिम टी–२० खेल २०२४ को विश्वकपमा खेलेका थिए ।

स्टार्कले ६५ टी–२० खेल्दै ७९ विकेट लिएका छन् । उनी अस्ट्रेलियाका लागि टी–२० मा दोस्रो सबैभन्दा धेरै विकेट लिने बलर हुन् । उनी २०२१ मा यूएईमा भएको टी–२० विश्वकप जित्ने टोलीका सदस्य पनि थिए ।

स्टार्कले टेस्ट क्रिकेट आफ्नो पहिलो प्राथमिकता भएको भन्दै २०२६–२७ को व्यस्त टेस्ट तालिका र २०२७ को एकदिवसीय विश्वकपलाई ध्यानमा राखेर यो निर्णय गरेको जनाएका छन् ।

चयन समिति अध्यक्ष जर्ज बेलीले स्टार्कको योगदानको प्रशंसा गर्दै उनले टेस्ट र एकदिवसीय क्रिकेटमा अझै लामो समय योगदान दिने विश्वास व्यक्त गरे ।

यसैबीच अस्ट्रेलियाले अक्टोबरमा न्युजिल्यान्डविरुद्ध हुने तीन टी–२० खेलका लागि टिम घोषणा गरेको छ ।