काठमाडौं । गोरखाको भीमसेन थापा गाउँपालिका–३ तान्द्राङ टारिफाँटमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । तीन जनाको अवस्था गम्भीर छ ।
काठमाडौंबाट गोरखाको आरुघाटतर्फ जाँदै गरेकोे गण्डकी प्रदेश १–००६ ख ४१३१ नम्बरको बस तान्द्राङको टारिफाँटमा आज बिहान करिब साढे ५ बजे दुर्घटना भएको हो ।
दुर्घटनाग्रस्त बसमा २२ जना सवार थिए । तीमध्ये २१ जना घाइते भएका हुन् । तीमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
बस सडकबाट करिब चार मिटर तल खसेको छ । ब्रेक फेल बस भएर दुर्घटना भएको अनुमान छ ।










