१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीमा सुरक्षाका बारेमा सरकार गम्भीर छः गृहमन्त्री लेखक



अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सीमा सुरक्षाका बारेमा सरकार गम्भीर रहेको बताउनुभएको छ ।

पर्सामा सोमवार आयोजित पत्रकार सम्मेलनका क्रममा उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले सीमा सुरक्षा, सीमामा हुने अपराध नियन्त्रणका लागि सशस्त्र प्रहरी बल, नेपालले काम गरिरहेको बताउनु भयो । उहाँले ठाउँ ठाउँमा सीमा सुरक्षाका कुराहरु, सीमामा अपराधजन्य काम नियन्त्रणका लागि सरकारले गहन रुपमा काम गरिरहेको जिकिर गर्नुभयो । उहाँले नेपाल कुनैपनि देशको सैन्य रणनीतिमा सामेल नहुने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘सीमा सुरक्षाका बारेमा हामी गम्भीर छौँ । सीमा सुरक्षा र सीमामा हुने अपराध नियन्त्रणका लागि शसस्त्र प्रहरी बल, नेपालले काम गरिरहेको छ । ठाउँ ठाउँमा सीमा सुरक्षाका कुराहरु, सीमामा अपराधजन्य काम नियन्त्रणका लागि हामीले गहन रुपले काम गरिरहेका छौँ । चिनियाँ रणनीतिमा हामी सामेल भएको हो की भन्ने प्रश्न उठाउनुभएको छ । हामी कुनैपनि देशको सैन्य रणनीतिमा सामेल हुँदैनाँै । हामी सबैका मित्र छौँ, कसैसँग शत्रुभाव छैन ।’

गृहमन्त्री लेखकले अपराधजन्य गतिविधिमा आग्रह, पूर्वाग्रह नहुने स्पष्ट पार्नुभयो ।