२३ भाद्र २०८३, मंगलवार
,
Latest
मुख्यमन्त्री पाण्डेद्वारा ढोरवाराही मन्दिरको संरक्षण र प्रवर्द्धनमा जोड जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगञ्जमा हुने ‘जलवायु परिवर्तनबाट भएको क्षतिको न्याय माग्न अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउनुपर्छ’ भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार बाढीप्रभावित विद्यालयको अवस्था बुझ्न मन्त्रीद्वय स्थलगत अवलोकनमा रास्वपा सचेतक धितालको प्रश्न: सुध्रिनु अरुले मात्रै पर्ने हामीले चाहिँ सुध्रिनु नपर्ने ? भारतीय रक्षामन्त्री राजनाथ सिंह श्रीलङ्का भ्रमणमा ‘बिरामी आमा छाडेर उद्धारमा खटिएँ’ चौथो खेलमा मधेसको पहिलो जित मध्यअफ्रिकी गणतन्त्रमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल ‘ए’ आसामसँग पराजित



अ+ अ-

काठमाडौं। भारतको गुहाटीमा जारी पाँच खेलको टी–२० सिरिजको चौथो खेलमा नेपाल ए टीमले आसामसँग १८ रनले पराजित भएको छ।

एसीए स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको आसामले २० ओभरमा ५ विकेट गुमाउँदै १७४ रन बनायो। नेपाल ए ले १७५ रनको लक्ष्य पछ्याउँदा ९ विकेट गुमाउँदै १५६ रनमा रोकियो। कप्तान अनिल कुमार शाहले ५० बलमा ७ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक ६७ रन बनाए।

नेपालका लागि इशान पाण्डेले २७ रन बनाए भने पावरप्लेमा सन्दीप जोरा ११ र वसिर अहमद २ रनमा आउट भए। अन्य ब्याटरहरू सन्तोषजनक प्रदर्शन गर्न सकेनन्। आसामका लागि अभिनव चौधरी र अब्दुल अजिज कुरासीले ३–३ विकेट लिए।

पहिले ब्याटिङ गरेको आसाममा कप्तान सुमित घडिअन्करले ७० रन बनाएर रिटायर आउट भए भने ऋषिकेश तामुलिले ४६ रन जोड्न सफल भए। नेपालका लागि आकाश चन्दले २ विकेट लिए।

यस नतिजासँगै सिरिज २–२ बराबरीमा पुगेको छ। अन्तिम खेल सोमबार साँझ ५ बजे हुनेछ।