३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

आसामले नेपाल ए लाई दियो १७५ रनको लक्ष्य



अ+ अ-

काठमाडौं। भारतको गुहाटीमा जारी टी–२० श्रृंखलामा आसामले नेपाल ए लाई १७५ रनको लक्ष्य दिएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको आसामले २० ओभरमा ५ विकेट गुमाउँदै १७४ रनको योगफल बनायो। टोलीका कप्तान सुमित घदीगावकरले ४७ बलमा १ चौका र ४ छक्काको मद्दतले सर्वाधिक ७० रन बनाएर रिटायर्ड आउट भए।

ओपनर ऋषिकेश तामुलीले ४६ रन जोड्दै कप्तानसँग पहिलो विकेटका लागि ९० रनको साझेदारी गरे। निहार देका ३७ रनमा आकाश चन्दको बलमा शेर मल्लको क्याचमा आउट भए भने साहिल जैन ९ रनमै एलबीडब्ल्यू भए। अभिनव सेनगुप्ता २ रनमा र भरगव लहकर शून्य रनमै अविजित रहे।

नेपालका लागि आकाश चन्दले २ विकेट हात पारे भने बसिर अहमदले १ विकेट लिन सफल भए। त्यस्तै, दुई खेलाडी रनआउट भए। यसअघि श्रृंखलाको पहिलो खेल नेपालले डीएल पद्धतिमा १५ रनले गुमाएको थियो भने दोस्रो खेलमा ९६ रन र तेस्रो खेलमा ९ रनको जित दर्ता गरेको थियो।