२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष दाहालद्वारा ‘टङ्कमणि’को सालिक अनावरण



अ+ अ-

लुम्बिनी। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद स्मृति प्रतिष्ठान रुपन्देहीका संस्थापक अध्यक्ष स्वर्गीय रामप्रसाद बन्जाडे ‘टङ्कमणि’को आज बुटवलमा सालिक अनावरण गर्नुभएको छ ।

सो अवसरमा अध्यक्ष दाहालले माओवादीले तत्कालिन अवस्थामा सुरु गरेको सशस्त्र विद्रोहमा स्वर्गिय टङ्कमणिको अतुलनीय योगदान रहेको बताउनुभयो । दिवङ्गत नेता टङ्कमणिबाट पार्टीले धेरै लिए पनि केही दिन नसकेको उहाँले बताउनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “पार्टीले उहाँलाई जटिल र जोखिम दिइन्थ्यो, उहाँ आफै पनि खोजेर त्यो लिनुहुन्थ्यो ।” टङ्कमणिले सधैँ गुमनाम तरिकाले जिम्मेवारी पूर्वक काम गर्ने गरेको उहाँको भनाइ थियो ।

माओवादीले सुरु गरेको सशस्त्र विद्रोहको सुरुआतदेखि नै भूमिगत रहेर काम गरेका टङ्कमणिको २०७८ मङ्सिर ८ गते सडक दुर्घटनामा परेर ५५ वर्षको उमेरमा निधन भएको हो । उहाँ माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा रुपन्देहीको इन्चार्जको समेत जिम्मेवारी बहन गर्दै आउनुभएको थियो ।

सहिद स्मृति प्रतिष्ठान रुपन्देहीको परिसरमा प्रतिष्ठानका संस्थापक अध्यक्ष टङ्कमणिको सालिक निर्माण गरिएको हो । सो अवसरमा अध्यक्ष दाहालले पुस्तक समेत विमोचन गर्नुभयो । रासस