१३ श्रावण २०८३, बुधबार
,
Latest
संवेदनशील मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आदेश चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध फुटवेयर क्षेत्रमा सीपयुक्त जनशक्ति र रोजगारी सिर्जनाका लागि श्रममन्त्री यादवको पहल अत्यावश्यक परेमा मात्र राहदानीका लागि आवेदन दिन विभागको अनुरोध लुम्बिनी प्रदेशमा ८ मन्त्रालय कायम अमेरिका–इरानबीच पुनः शत्रुतापूर्ण गतिविधि सुरु सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै रास्वपा बैठक: बालेन शाह वरिष्ठ नेतामा मनोनीत, सचिवालयका को को ? मम्स इन्टरनेसनल नेपालद्वारा कराते च्याम्पियन सुनिल लामा र उदीयमान खेलाडी याङतेन लामा सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष दाहालद्वारा ‘टङ्कमणि’को सालिक अनावरण



अ+ अ-

लुम्बिनी। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद स्मृति प्रतिष्ठान रुपन्देहीका संस्थापक अध्यक्ष स्वर्गीय रामप्रसाद बन्जाडे ‘टङ्कमणि’को आज बुटवलमा सालिक अनावरण गर्नुभएको छ ।

सो अवसरमा अध्यक्ष दाहालले माओवादीले तत्कालिन अवस्थामा सुरु गरेको सशस्त्र विद्रोहमा स्वर्गिय टङ्कमणिको अतुलनीय योगदान रहेको बताउनुभयो । दिवङ्गत नेता टङ्कमणिबाट पार्टीले धेरै लिए पनि केही दिन नसकेको उहाँले बताउनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “पार्टीले उहाँलाई जटिल र जोखिम दिइन्थ्यो, उहाँ आफै पनि खोजेर त्यो लिनुहुन्थ्यो ।” टङ्कमणिले सधैँ गुमनाम तरिकाले जिम्मेवारी पूर्वक काम गर्ने गरेको उहाँको भनाइ थियो ।

माओवादीले सुरु गरेको सशस्त्र विद्रोहको सुरुआतदेखि नै भूमिगत रहेर काम गरेका टङ्कमणिको २०७८ मङ्सिर ८ गते सडक दुर्घटनामा परेर ५५ वर्षको उमेरमा निधन भएको हो । उहाँ माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा रुपन्देहीको इन्चार्जको समेत जिम्मेवारी बहन गर्दै आउनुभएको थियो ।

सहिद स्मृति प्रतिष्ठान रुपन्देहीको परिसरमा प्रतिष्ठानका संस्थापक अध्यक्ष टङ्कमणिको सालिक निर्माण गरिएको हो । सो अवसरमा अध्यक्ष दाहालले पुस्तक समेत विमोचन गर्नुभयो । रासस