५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानको सिन्धमा बाढी: १६ लाखभन्दा बढी मानिस जोखिममा



अ+ अ-

एजेन्सी । पाकिस्तानको सिन्ध प्रान्तका वरिष्ठ मन्त्री शरजील इनाम मेमनले बाढीका कारण प्रान्तका एक हजार छ सय ५७ गाउँका करिब १६ लाख मानिस प्रभावित हुनसक्ने बताउनुभएको छ ।

शनिबार मिडियालाई सम्बोधन गर्दै उहाँले प्रान्तीय सरकारले सम्पूर्ण संयन्त्र परिचालन गरिसकेको र सम्भावित सङ्कट व्यवस्थापनका लागि रोकथामका उपायहरू अपनाइरहेको जानकारी दिनुभयो । मन्त्रीहरू प्रत्यक्ष रूपमा स्थलमा रहेको र जिल्ला अधिकारीहरू सक्रिय रूपमा संलग्न रहेको उहाँले उल्लेख गर्नुभयो ।

उहाँको चेतावनीसँगै पञ्जाबका धेरै क्षेत्रहरू डुबानमा परेका छन् । त्यहाँ कम्तीमा ३० जनाको ज्यान गइसकेको छ भने १५ लाखभन्दा बढी प्रभावित भएका छन् ।

भारी वर्षाका कारण बढ्दै गएको सतलज, चेनाब र रावी नदीले बाढी ल्याएको हो । अधिकारीहरूले स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सार्ने कार्य गरिरहेका छन् । अहिलेसम्म करिब चार लाख ८१ हजार मानिसलाई प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जियो न्युजले जनाएको छ ।

सिन्धमा सरकारद्वारा पाँच सय ५१ स्थानलाई राहत शिविरका लागि तोकिएको छ र एक सय ९२ उद्धार डुङ्गा तयारी अवस्थामा राखिएका छन् ।

मेमनका अनुसार पानीको सतह अझै बढेमा एक सय ६७ वटा युनियन काउन्सिलका करिब दुई लाख ७३ हजार परिवार प्रभावित हुन सक्छन् । उहाँले आगामी सेप्टेम्बर २ देखि ३ सम्म सिन्धमा बाढीको पानी पुग्नसक्ने जानकारी दिनुभयो ।

मेमनले ब्यारेजहरूको हालको अवस्था पनि सार्वजनिक गर्नुभयो । उहाँका अनुसार गुड्डु ब्यारेजले तीन लाख ५१ हजार क्युसेक, सुक्कुरले दुई लाख ८९ हजार क्युसेक र कोट्रीले दुई लाख ५१ हजार क्युसेक पानी छोडिरहेका छन् । यी ब्यारेजहरूको क्षमता क्रमशः १२ लाख, नौ लाख र छ लाख क्यूसेक छ । हाललाई स्थिति स्थिर रहेको र आगामी दिनमा भारी वर्षा नभए अवस्था नियन्त्रणमै रहने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

सहरी केन्द्रहरू तत्काल जोखिममा नरहेको उल्लेख गर्दै मन्त्री मेमनले जनतालाई अनावश्यक त्रास नलिन आग्रह गर्नुभयो । प्रान्तीय सरकार आफैँ सक्षम भएकाले सेनाको सहयोग लिनुपर्ने आपत्कालीन अवस्था अहिलेसम्म नभएको पनि उहाँले प्रष्ट पार्नुभयो ।

कच्छ (नदी) क्षेत्रका बासिन्दालाई जोखिमबारे सचेत पारिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार त्यहाँका मानिसहरू सामान्यतया नदीको पानीको व्यवहारबारे सचेत हुने भएकाले पानी बढ्दा स्वेच्छाले सुरक्षित क्षेत्रमा जान्छन् वा आफन्तकहाँ बस्न पुग्छन् ।

गाईवस्तुका लागि करिब तीन सय शिविर स्थापना गरिएको छ भने नदी किनारमा रहेका १५ जिल्लालाई नजिकबाट निगरानी गरिएको पनि उहाँले बताउनुभयो ।

“पाकिस्तान जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित मुलुकहरूमध्ये एक हो । नदी किनारभित्र कुनै पनि प्रकारको निर्माण कहिल्यै हुनु हुँदैन”, उहाँले चेतावनी दिँदै ब्यारेजमा पानीको बहाव र बहिर्गमनसम्बन्धी जानकारी प्रत्येक तीन घण्टामा सार्वजनिक गरिने बताउनुभयो ।




भर्खरै