१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन एमाले महासचिव पोखरेल पुगे News Polar भन्सारका नाममा सर्वसाधारणको निजी सम्पत्ति खोस्ने काम बन्द गर्नुपर्छ : प्रभु साह News Polar एमाले संसदीय दलको बैठक च्यासलमा सुरु News Polar काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना News Polar किसानका घरआँगनमा कृषिमन्त्री चौधरी News Polar जसपा नेपालका चार केन्द्रीय नेताले दिए सामूहिक राजीनामा News Polar मन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारणलाइनको निरीक्षण News Polar बुटवलबाट ‘एआरई जीपी’ ग्रान्ड फिनालेका लागि तीन राइडर छनोट News Polar प्रश्तावित राष्ट्रिय सडक सुरक्षा ऐन २०८३–अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने News Polar चिनियाँ राजदूत सात सदस्यीय टोलीसहित लोमान्थाङमा News Polar पञ्चेबाजा र झाँकीसहित कांग्रेस महाधिवेशनमा सहभागी हुन प्रतिनिधिको र्‍याली खुलामञ्च प्रवेश गर्दै News Polar कांग्रेस महाधिवेशन : अतिथिको स्वागतका लागि तयार पारिएको यस्तो छ खादा News Polar अर्थमन्त्री वाग्ले अमेरिका पुगे, सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंक अध्यक्षसँग भेटवार्ता हुने News Polar विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ News Polar सहमहामन्त्रीको उम्मेद्वारी घोषणा गर्दै प्रकाश रसाईलीले भने–‘गगन थापाको नेतृत्वमा काँग्रेस र देशलाई बलियो बनाउन लाग्नेछौँ’ News Polar यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन News Polar कांग्रेस महाधिवेशन : उद्घाटनअघि खुलामञ्चतर्फ बढ्दै प्रतिनिधि र समर्थक News Polar सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद News Polar १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि खगेन्द्र आचार्यको उम्मेदवारी News Polar सुनचाँदीको मूल्य घट्यो

आयोगले अध्यक्ष रञ्जितालाई वैधानिकता दिएपछि विवाद समाधानः प्रवक्ता पण्डित

आयोगले अध्यक्ष रञ्जितालाई वैधानिकता दिएपछि विवाद समाधानः प्रवक्ता पण्डित
अ अ+ अ-

काठमाडौँ ।  नागरिक उन्मुक्ति पार्टी (नाउपा)को केन्द्रिय कार्यसमिति बैठक काठमाडौंमा शुरु भएको छ ।

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा आईतवारदेखि केन्द्रिय समितिको बैठक शुरु भएको हो । बैठकमा समसामयिक राजनितिक विषय, पार्टीको विधान संशोधन, केन्द्रिय समितिको विस्तार लगायतको विषयमा छलफल हुने नाउपाका प्रवक्ता दामोदर पण्डितले जानकारी दिनुभयो । उहाँले हाल पार्टी भित्र विवाद नरहेको पनि बताउनु भयो । निर्वाचन आयोगले अध्यक्ष रञ्जितालाई नै वैधानिकता दिएपछि विवाद समाधान भएको उहाँको दाबी छ ।

अध्यक्ष रञ्जितालाई आफूसमेत सहभागी भएर दुईपटक कारबाही गरेको उल्लेख गर्नुहुँदै उहाँले त्यसलाई निर्वाचन आयोगले मान्यता नदिएको बताउनु भयो । उहाँले अब यहाँ सन्तुष्ट, असन्तुष्ट भन्दा पनि पार्टी बचाएर अगाडी लैजाने कुरा रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामी अहिको देशको र हाम्रो पार्टी भित्रको समसामयिक राजनितिक विषयमा हामी छलफल गर्छौ । त्यसपछि हाम्रो महत्वपुर्ण कुरा छ, विधानलाई संशोधन गर्छौँ । हाम्रो जुन पुरानो विधान छ, त्यसलाई संसोधन गर्ने बारेमा छलफल गर्छौँ । बुँदाहरु तयार छन्, साथीहरुको बीचमा त्यसलाई राख्छौँ । र अहिले हामी संस्थापक जो २१ जना केन्द्रिय सदस्यहरु मात्रै छौँ । यसलाई हामीले अरु बढाएर केन्द्रिय सदस्यहरुलाई अद्यावधिक गर्ने हाम्रो कार्यक्रम छ । र निर्वाचन आयोगमा लगेर त्यसलाई हामीले अद्यावधिक गर्ने र अरु केही विविध विषयहरुमा चाहीँ हामी छलफल गर्छौँ । यहाँ सन्तुष्ट र असन्तुष्टको कुरा छैन । किनभने निर्वाचन आयोगले बैधानिकता रञ्जितलाई दिएपछि यहाँ असन्तुष्ट भन्ने कुरै भएन । वैधानिक अध्यक्षले बोलाएको बैठक हो यो । हामीले धेरै पटक उहाँलाई कारबाही गरेर पनि निर्वाचन आयोगले उही नै हो तेरो अध्यक्ष भनिआयो । म पनि हुँ, दुई चोटी कारबाही गरिसकेको हो रञ्जितालाई । तर बैधानिकता भएन । त्यसैले अहिले सन्तुष्ट र असन्तुष्टको कुरा छैन । पार्टी बनाउने कुरा छ, बचाएर लैजाने कुरा छ ।’

नाउपाको केन्द्रिय समिति बैठक सोमबारसम्म चल्नेछ । बैठकमा पार्टी संरक्षक रेशम चौधरी र उहाँका पक्षधर भने सहभागी हुनुभएको छैन ।