२७ मंसिर २०८१, बिहीबार
,
Latest
विराटनगरले टस जित्यो, पहिले ब्याटिङ गर्ने विराटनगर र पोखरा तथा जनकपुर र काठमाडौं भिड्ने च्याम्पियन्स लिगः आर्सनलले मोनाकोलाई हरायो, डर्टमण्डमाथि बार्सिलोनाको रोमाञ्चक जित च्याम्पियन्स लिगः युभेन्ट्ससँग म्यान्चेस्टर सिटी पराजित जाजरकोटमा जीप दुर्घटना, ५ जनाको मृत्यु, २ घाइते रायडाँडा पुग्न ४० करोडको लागतमा पक्की सडक बन्दै हतियारमा ‘धार’ लगाएर जीविकोपार्जन गरिरहेका ७० वर्षीय मुखिया काठमाडौंमा मनाईयो कतारको राष्ट्रिय दिवस कांग्रेसद्वारा दश भ्रातृ संस्थाको महाधिवेशन गर्न निर्देशन समिति गठन सिरियाली नवनियुक्त प्रधानमन्त्रीद्वारा विदेशमा रहेका नागरिकलाई स्वदेश फर्कन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाबाट बेलायतमा थप एक नेपालीको मृत्यु



symbolic photo
अ+ अ-

लण्डन । बेलायतमा कोरोनाबाट सोमबार समाजसेवी नारायण कोन्मे गुरूङको मृत्यु भएको छ । उनलाई गत हप्तादेखि रुघाखोकी लागेर ननिटनको जर्ज इलियट अस्पताल भर्ना गरिएको थियो । केही दिनदेखि सघन उपचारकक्षमा राखी उपचार भइरहेका गुरुङको उपचारका क्रममा मृत्यु भएको गोरखा प्यालेस रेष्टुरेन्टका सञ्चालक एवं समाजसेवी सूर्य गुरुङले जानकारी दिए ।

पर्वत चारभञ्याङमा जन्मेका गुरुङ अध्ययन गर्ने रहर हुँदाहुँदै कक्षा ८ पढ्दै गर्दा गोरखा सैनिकमा भर्ती भएका थिए । पछि बीचैमा जागिर छाडेर नेपाल फर्किएका थिए। उनले पुनः औपचारिक अध्ययन गरी विसं २०२७ मा एसएलसी उत्तीर्ण गरेका थिए । स्नातकोत्तरसम्म अध्ययन पूरा गर्नुभएका गुरुङले नेपालमा केही वर्ष शिक्षकका रूपमा पनि काम गरेका थिए ।

बेलायतमा असल समाजसेवीका रूपमा चिनिएका गुरुङले थुप्रै सामाजिक काम गरेका थिए । उनकी श्रीमती, एक छोरी र दुई छोरा बेलायतको ननिटन भन्ने ठाउँमा बस्छन् । गुरुङ आफू भने बेलायतकै अल्टरसटमा बस्दै आइरहेका थिए । हालसम्म बेलायतमा कोरोनाका कारण ३५ नेपालीको निधन भइसकेको छ ।