११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काश्मिर आन्दोलनका तस्वीरलाई पुलित्जर पुरस्कार



अ+ अ-

न्यूयोर्कः

पत्रकारिता क्षेत्रमा बर्सेनि प्रदान गरिने अमेरिकी पुलित्जर पुरस्कार यसवर्ष काश्मिर आन्दोलनका तस्वीरहरुलाई प्रदान गरिएको छ । पुलित्जर पुरस्कार छनौट समितिले गत वर्ष अगस्टमा भारतले काश्मिरलाई दिइएको विशेष दर्जा हटाएपछि भड्किएको आन्दोलनका समाचार र तस्वीरलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

भारत सरकारले काश्मिरमा महिनौं लामो कफ्र्यु आदेश जारी गर्नुका साथै फोन र इन्टरनेट सेवा अबरुद्ध गरेको थियो । अमेरिकी संचार माध्यम एसोसिएटेड प्रेसका फोटो पत्रकारहरु दार यासिन, मुख्तार खान र चन्नी आनन्दले खिचेका तस्वीरहरुले काश्मिरको तत्कालीन अवस्था झल्काएका थिए ।

पुलित्जर समितिले उनीहरुका तस्वीरहरुलाई सन् २०२० को फिचर फोटोग्राफी विधातर्फ पुरस्कृत गरेको छ ।

यासिन र खान श्रीनगरमा तथा आनन्द जम्मुमा रहेर पत्रकारिता गर्छन् ।

एपीका सिइओ तथा अध्यक्ष गेरी प्रुटले तीनै जनाको योगदान अभूतपूर्व रहेको भन्दै बधाई दिएका छन् । (एजेन्सी)