१९ मंसिर २०८२, शुक्रबार
,
Latest
चुरे क्षेत्रको अवैध उत्खनन रोक्न अनुगमन भदौमा त्यो स्थिति जे आयो, त्यो त न तपाईँको हातमा थियो, न हाम्रो हातमा थियो कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन स्थानियतह देखी प्रदेश तथा संघलाई कानून निर्माणका सहजीकरण गर्दे कानून समाज छ दिनमा १२ जना फरार प्रतिवादी पक्राउ सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीन–भारत सम्बन्ध पुनःस्थापनाको प्रयासमा राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री मोदीबीच भेट



अ+ अ-

एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङले आइतबार तियानजिनमा आयोजित क्षेत्रीय शिखर सम्मेलनको उद्घाटनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्नुभएको छ ।

सन् २०२० मा चीन र भारतका सैनिकहरूबीच भएको घातक सीमा झडपपछि बिग्रिएको सम्बन्धपश्चात् मोदीको यो पहिलो चीन भ्रमण हो ।

मोदी चीनद्वारा स्थापित क्षेत्रीय राजनीतिक, आर्थिक र सुरक्षा समूह साङ्घाई सहयोग सङ्गठन (एससिओ) को सदस्य राष्ट्रका हैसियतले सहभागी हुन चीन पुग्नुभएको हो ।

मोदीको भ्रमणअघि, चिनियाँ शीर्ष कूटनीतिज्ञ वाङ यी अगस्टको सुरुआतमा नयाँदिल्ली पुग्नुभएको थियो । त्यस क्रममा दुवै पक्षले सम्बन्ध सुधार्ने घोषणा गर्दै सीमा वार्ता पुनः सुरु गर्ने, भिसा सुविधा र प्रत्यक्ष उडान पुनः सुरु गर्ने वाचा गरेका थिए ।

वाङको भ्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतद्वारा रूसी तेल खरिदमा ५० प्रतिशत भन्सार शुल्क लगाउने निर्णयसँग मिल्दोजुल्दो समयमा भएको थियो । तर चीनसँगको सम्बन्ध पुनर्निर्माण गर्ने प्रक्रियामा भारत महिनौँदेखि सक्रिय रहेको बताइन्छ ।

चीन र भारतले यस वर्ष उच्चस्तरीय आधिकारिक भ्रमणहरू बढाएका छन् । दुवै पक्षले व्यापारमा रहेका केही प्रतिबन्ध हटाउने र सीमापार आवागमनबारे छलफल गरेका छन् । साथै, जुन महिनामा बेइजिङले भारतका तीर्थयात्रीहरूलाई तिब्बतका पवित्र स्थलहरूमा जाने अनुमति दिएको थियो ।