३१ भाद्र २०८३, बुधबार
,
Latest
हेटौंडामा यात्रुवाहक बसमा ढुंगा प्रहार गर्ने पाँच जना पक्राउ ‘रास्वपा सरकारले अर्काले गरेको काममा आफ्नो अनुहार देखाएर जस लिन खोज्यो’– शंकर पोखरेल काठमाडौं उपत्यकामा प्रतिकेजी ११० रुपैयाँमा चिनी बिक्री, सञ्चय नगर्न विभागको आग्रह संक्रामक पशु रोग नियन्त्रण विधेयकमा २४ दफामा संशोधन, क्षतिपूर्ति कोषको व्यवस्था मन्त्रिपरिषद् बैठक जारी सामाजिक सञ्जालको वाद–प्रतिवादभन्दा परिणाममुखी काममा ध्यान दिन मन्त्रीहरूलाई देवकोटाको आग्रह चिलिमे जलविद्युत् आयोजनामा खोजी गर्दा तीन शव फेला महिला स्वास्थ्य स्वयंसेविकालाई कर्मचारी बनाउने विषयमा नीतिगत तथा कानुनी अध्ययन आवश्यक : मन्त्री मेहता राजविराजमा अस्पतालबाहिर बच्चा जन्माउन बाध्य बनाउने घटनामा दोषीमाथि कारबाही प्रक्रिया अघि बढ्यो काँग्रेस सभापति थापाले रास्वपालाई भने– संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

१८ जना भारतीय कार्यस्थल छोडेर रातारात भागे



अ+ अ-

द्रोण अधिकारी, भद्रपुर । निर्माण तथा प्लाइउड उद्योगमा कार्यरत भारतीय मजदुर बन्दाबन्दीका कारण भोकमरीमा पर्न थालेपछि आफ्नो कार्यस्थल छोडेर भाग्ने क्रम बढ्न थालेको छ । काममा लगाउने ठेकेदारले बन्दाबन्दीको बाहना बनाएर खाना खाने व्यवस्थापन समेत गर्न छोडेपछि भारतीय मजदुर  आफ्नो कार्य स्थल छोडेर भाग्न थालेका हुन् । 

झापामा सडक, पुल, भवन लगायत निर्माण क्षेत्रमा हजारौं भारतीय मजदुरले काम गर्दै आएका छन् । त्यसैगरी चिया, प्लाइउड लगायतका उद्योगमा समेत हजारौं भारतीय मजदुरले काम गरिरहेका छन् । तर, ती क्षेत्रमा काम लगाउनेहरूले खाने व्यवस्थापनमा समेत बेवास्ता गरेपछि रातारात मजदुर भाग्ने गरेका छन् । कोरोना संक्रमण त्रासमा नेपाल भारत सीमा पूर्ण रूपमा बन्द गरिएको भए पनि भारतीय मजदुरहरू रातको समयमा सिमाना वारपार गर्दै भागिरहेका छन् । क्वारेन्टिनमा राखिएका भनिएका मजदुरले पनि सुरक्षित बास र पेटभरी खाना नपाउने गरेको गुनासो गर्दै आइरहेका छन् ।

पछिल्लो पटक किच्चकबध क्वारेन्टिनबाट शुक्रवार राति १८ जना भारतीय बसेको स्थल छोडी रातारात भागेका थिए भने विर्तामोडमा रहेर निर्माण तथा प्लाइउड उद्योगमा काम गरिरहेका १६ जना मजदुर ठेकेदारले खान नदिएपछि भारत माल्दाहका भारतीय कामदार बिर्तामोडवाट भद्रपुर नाका तर्फ जाँदै गर्दा चन्द्रगढीको लेखनाथ चौकमा सोमवार विहान पक्राउ परेको घटनाले पनि काम लगाउनेले मजदुर अलपत्र पारेको पुष्टि गरेको छ ।

खान नपाएर मर्नुभन्दा मौका छोपेर आफ्नो देश भारत हिँडेको ती मजदुरहरूको भनाइ छ  । उनीहरूको गुनासो भनेको कामको जिम्मा लिएर मैदानमा उतार्ने ठेकेदार संकटका बेला जिम्मेवारीबाट पन्छेकोले भोकमरीमा परेर भाग्नु परेको हो ।