३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुमेको ज्योति फर्किएपछि खुसी छन् रामेछापवासी



अ+ अ-

मन्थली, (रामेछाप) । यहाँका ज्योति गुमेका एक सयभन्दा बढीलाई नि:शुल्क आँखा शिविरमार्फत ज्योति फर्काइएपछि उनीहरू अत्यन्तै खुसी भएका छन् । मन्थलीस्थित तामाकोशी सहकारी अस्पातालमा शुक्रबार र शनिबार दुई दिन सम्पन्न नि:शुल्क आँखा शिविरमा एक सय १३ जनाको मोतियाविन्दुको शल्यक्रिया मार्फत् यहाँका आँखाका रोगी गुमेको ज्योति फर्काएको थियो ।

गाउँमै नि:शुल्क शिविर सञ्चालन भएपछि समय र पैसाको खर्च गरेर धेरै टाढासम्म जानुपर्ने बाध्यता हटेको, अफ्नो गुमेको ज्योति फर्किएको भन्दै रामेछाप नगरपलिका–८ का केदारनाथ घिमिरेले खुसी व्यक्त गर्नुभयो ।

घिमिरेमात्र होइन, अर्की सेवाग्राही सोनमाया घिसिङ पनि आफ्नो गुमेको ज्योति फिर्ता हुने र दुवै आँखा राम्रोसँग देखिने भएपछि असाध्यै खुसी हुँदै उहाँले भन्नुभयो, “जिल्ला सदरमुकाममा आएको आँखा शिविरमा आफूले आँखाको शल्यक्रिया गर्न पाएँ, लामो समयदेखि धमिलो हुने आँखा नदेख्ने समस्या यस शिविरले समाधान गरिदिएपछि आफूहरूलाई निकै सहज भएको छ ।”

त्यसैगरी रामेछाप नगरपालिका ओख्रेनीका पूर्ण तामाङ र खाँडादेवी गाउँपालिकास्थित पिङ्खुरीकी मैया तामाङ पनि यो शिविरले आफूहरूलाई निकै सजिलो बनाएको बताउनुहुन्छ ।

जिल्ला सामुदायिक आँखा केन्द्र मन्थली, खाँडादेवी गाउँपालिका माकादुम र सामुदायिक विकास समाज मन्थलीको आयोजना तथा सहकार्यमा वरिष्ठ नेत्ररोग विशेषज्ञ सुष्मा दुवालका नेतृत्वमा रहेको ११ जनाको टोलीले शनिबार शिविर सम्पन्न गरेको केन्द्रका प्रमुख उमेश तामाङले राससलाई बताउनुभयो ।

शिविरमा एक सय ११ जनाको मोतियाविन्दु र तीन जनाको ‘माइनर अप्रेशन’ सहित एक सय १३ जनाको आँखाको शल्यक्रिया गरिएको जिल्ला सामुदायिक आँखा केन्द्र मन्थलीका आँखा स्वस्थ्य कार्यकर्ता पुष्कल घिमिरेले बताउनुभयो । सरकारी अस्पतालमा स्वास्थ्य सेवा नि:शुल्क भनिए पनि गुणस्तरीय उपचार र औषधि वितरण व्यवहारमा लागू भएको पाइन्न ।

निजी तथा गैरसरकारी अस्पतालहरूले जिल्ला सदरमुकाममा वार्षिक रूपमा यस्ता शिविर सञ्चालन गर्दै आइरहेको भए पनि सरकारी निकायले यस्ता रोगप्रति खासै चासो दिएका छैनन् । जिल्ला अस्पताल, विभिन्न पालिका अस्पतालमा पनि योसहित अन्य विशेषज्ञ नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुनसके अझै यहाँका बिरामी काठमाणडौं वा विभिन्न सहरका अस्पतालहरूमा धाइरहनुपर्ने थिएन । रासस