काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गौरा पर्वको शुभकामना व्यक्त गर्नुभएको छ ।
पूर्वराष्ट्रपति भण्डारीले आज शुभकामना सन्देश जारी गर्दै विविध भूगोल, जातजाती, धर्म, संस्कृति र भाषाभाषीका नेपालीहरुबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अझ प्रगाढ बनाओस् भन्ने काममा व्यक्त गर्नुभएको छ ।
पूर्वराष्ट्रपति भण्डारीले सन्देशमा भन्नुभएको छ–
सुदूर–पश्चिम तथा कर्णाली प्रदेशका विभिन्न जिल्लाहरूमा आस्था, श्रद्धा र उल्लाससहित मनाइने महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व गौराको पावन अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । यस पर्वले विविध भूगोल, जातजाति, धर्म, संस्कृति र भाषाभाषीका नेपालीहरू बीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अझ प्रगाढ बनाओस् भन्ने कामना गर्दछु










