१३ श्रावण २०८३, बुधबार
,
Latest
उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन सामुदायिक विद्यालयको गुणस्तर सुधारमा जोड, शिक्षामन्त्री पोखरेलद्वारा प्रधानाध्यापकसँग छलफल प्रभु बैंककी सिबिओ रश्मी पन्त बैंकिङ कसुर मुद्दामा पक्राउ, ४८ करोड कर्जा प्रकरणमा अनुसन्धान सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन संशोधन गर्न मानव अधिकार आयोगको सरकारलाई सिफारिस राष्ट्रपतिसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेट, राजनीतिक अवस्था र संसदीय गतिविधिबारे छलफल स्थानीयको गुनासोपछि बञ्चरेडाँडाको फोहार व्यवस्थापनका समस्याबारे सञ्चारमन्त्री डा तिमिल्सिनाको चासो, तत्काल समाधान गर्न सम्बन्धित निकायलाई… स्वास्थ्य मन्त्रालयको प्रशासनिक संरचना एकीकृत गरिँदै, सचिव देवकोटा नयाँ कार्यकक्षमा स्थानान्तरण विभिन्न विधेयक संसद्मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति प्रधानमन्त्रीको निर्देशनपछि फुटवेयर क्षेत्रमा २० हजार रोजगारीको पहल
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाधिवेशनमा नेपाली विशेषतासहितको समाजवाद निर्माणबारे बहस हुनेछः उपमहासचिव ज्ञवाली



अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवाली पार्टीको आसन्न दोस्रो विधान महाधिवेशनमा नेपाली विशेषतासहितको समाजवाद निर्माणबारे बहस हुने बताउनुभएको छ ।

प्रेस चौतारी नेपालले आज यहाँ आयोजना गरेको दोस्रो विधान महाधिवेशनसम्बन्धी पत्रकारहरूसँग संवाद कार्यक्रममा उहाँले महाधिवेशनमा नेपाली समाजको आर्थिक र वर्गीय विश्लेषण हुने बताउनुभयो । “नेपाली विशेषताको समाजवादका बारेमा महाधिवेशनमा छलफल हुनेछ । समाजवाद निर्माणका लागि कस्तो पार्टी बन्ने भन्ने पनि बहस हुनेछ”, उपमहासचिव ज्ञवालीले भन्नुभयो ।

जनताको बहुदलीय जनवादलाई पार्टीले मार्गदर्शन सिद्धान्तका रूपमा अगाडि बढाएको भन्दै उपमहासचिव ज्ञवालीले अब मुलुकको समृद्धिका लागि जबजलाई समानुकूल बनाएर लैजान जरुरी रहेको बताउनुभयो । उहाँले  महाधिवेशनमा संसदीय निर्वाचनमा पार्टीले बनाएका घोषणापत्रले पारेका प्रभावमाथि चर्चा हुने र पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन पार्टी र राष्ट्र निर्माणको मागदर्शनका रुपमा रहने बताउनुभयो ।

उपमहासचिव ज्ञवालीले विधान संशोधन प्रस्ताव प्रतिवदेनमा मातहतका कमिटीबाट सुझाव आइरहेकाले यही भदौ १९ गते बस्ने पार्टीको केन्द्रीय समिति बैठकले थप सुझावसहित महाधिवेशनमा पेस गर्ने जानकारी दिनुभयो ।

उहाँले पार्टीभित्र विवाद हुनुपर्ने कुनै कारण नै नभएको उल्लेख गर्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीप्रति पार्टीको उच्च सम्मान र मूल्याङ्कन रहेकाले अभिभावकीय भूमिका बस्न आग्रह गर्नुभयो ।

प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेले महाधिवेशन सफल बनाउन चौतारीले प्रचारप्रसार कामलाई अगाडि बढाएको बताउनुभयो ।

कार्यक्रममा एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, एमाले सङ्गठन विभाग प्रमुख काशिनाथ अधिकारी, प्रेस चौतारीका पूर्वअध्यक्ष गणेश बस्नेत, प्रेस काउन्सिल नेपालका सदस्य निमा काफ्लेलगायतको उपस्थिति रहेको थियो । रासस




भर्खरै