२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मदन पुरस्कार विजेता पूर्वप्रधानमन्त्री चन्दको नयाँ उपन्यास आउँदै



अ+ अ-

काठमाडौं । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको नयाँ कृति ‘बदलिँदो समयचक्र’ प्रकाशित हुने भएको छ ।

मदन पुरस्कार विजेता समेत रहनुभएका चन्दको उपन्यास सामाजिक कथा वस्तुमा रचिएको छ ।

यही भदौ २० गते विमोचनको तयारी गरिएको कृति १४४ पेजको रहेको छ भने उपन्यासलाई २५ उपशीर्षकमा बाँडिएको छ ।

नेपाली सहित्य क्षेत्रलाई दर्जनौं कृती दिनुभएका चन्दको यसअघि विभिन्न कथा, नाटक र उपन्यास संग्रह प्रकाशित भएका छन् ।

चन्दको बिसर्जन कथा संग्रहले २०५४ सालमा मदन पुरस्कर प्राप्त गरेको थियो । अपराजिता, बार्हौ खेलाडी, रात्री भोज, हिउँको तन्ना, नेताको साथी जस्ता चर्चित पुस्तकहरु चन्दका प्रकाशित छन् ।

‘बदलिँदो समयचक्र’ उपन्यास सम्बद्र्धन पब्लिकेसन्सले प्रकाशन गरेको हो । प्रकाशनका राधाकृष्ण विष्टका अनुसार बिमोचनको सम्पूर्ण तयारी पूरा भइसकेको छ ।