२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी राष्ट्रपति ट्रम्पको आदेशले पूर्वउपराष्ट्रपति ह्यारिस सुरक्षा सेवाविहीन



अ+ अ-

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पूर्वउपराष्ट्रपति कमला ह्यारिसको सिक्रेट सर्भिस अर्थात गुप्तचर सेवा सुरक्षा खारेज गरिदिएका छन् । योसँगै उनी सुरक्षा सेवाविहीन बन्ने अवस्थामा पुगेकी छन् ।

ह्यारिसले डेमोक्र्याटिक पार्टीको तर्फबाट ट्रम्पसँग राष्ट्रपतिय चुनावमा समेत प्रतिस्पर्धा गरेकी थिइन् । गएको जनवरीमा पदभार ग्रहण गरेदेखि नै राष्ट्रपति ट्रम्पले आफ्ना राजनीतिक प्रतिस्पर्धीलाई लक्षित गरी विभिन्न कदम चाल्दै आएका छन् ।

ट्रम्पले १ सेप्टेम्बर २०२५ देखि लागू हुनेगरी ह्यारिसको सिक्रेट सर्भिस खारेज गरेपछि संघीय सुरक्षा एजेन्टहरुले उनलाई निरन्तर सुरक्षा दिने छैनन् ।

अमेरिकाको संघीय कानुनअनुसार पूर्वराष्ट्रपतिले आजीवन र पूर्वउपराष्ट्रपतिले पदावधी सकिएपछि ६ महिनासम्म सिक्रेट सर्भिसको सुरक्षा पाउने व्यवस्था छ । कानुनअनुसार ह्यारिसको पदावधी सकिएको ६ महिनापछि सिक्रेट सर्भिस नपाउने भए पनि तत्कालीन राष्ट्रपति जो बाइडेनले आदेश जारी गर्दै ह्यारिसका लागि थप एक वर्ष सिक्रेट सर्भिसको सुरक्षा दिने निर्णय गरेका थिए ।

बाइडेनको आदेशलाई खारेज गर्दै राष्ट्रपति ट्रम्पले ह्यारिसले थप एक वर्ष पाउने सिक्रेट सर्भिस खारेज गरिदिएका हुन् । ह्यारिसले पूर्वउपराष्ट्रपतिको हैसियतमा कानुनअनुसार पाउने सुरक्षा सेवाअवधि जुलाइ २१ मै सकिएको थियो । पूर्वराष्ट्रपति बाइडेनको तत्कालीन आदेशअनुसार उनले ह्यारिसले जुलाई २१, २०२६ सम्म सिक्रेट सर्भिस पाउने थिइन् ।

‘पूर्वउपराष्ट्रपति कमला डी. ह्यारिसलाई कानुनले तोकेकोबाहेक कार्यकारी आदेशमार्फत दिइएको कुनै पनि सुरक्षा प्रक्रिया १ सेप्टेम्बर २०२५ देखि लागू हुने गरी खारेज गरियो,’ होमल्यान्ड सेक्युरिटी सेक्रेटरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

ह्यारिसकी वरिष्ठ सल्लाहकार कस्र्टन एलेनले पूर्वउपराष्ट्रपति ह्यारिस संयुक्त राज्य ‘सिक्रेट सर्भिस’को व्यावसायिकता, समर्पण र सुरक्षाप्रतिको अटल प्रतिबद्धताप्रति आभारी रहेको एसोसिएटेट प्रेससँग बताएकी छन् ।

ह्यारिस पहिलो महिला र पहिलो अप्रवासी महिला उपराष्ट्रपति भइसकेकी व्यक्ति भएकोले सुरक्षा चुनौती हुनसक्नेबारे जानकारीहरुले प्रतिक्रिया जनाएको एपीले उल्लेख गरेको छ ।