• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

नेकपा सचिवालय बैठकले के गर्ला ?



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज दिउँसो बस्दै छ। बिहीबार बस्ने स्थायी कमिटि बैठकको तयारीका लागि आज दिउँसो तीन बजेका लागि बैठक बोलाइएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । पार्टी स्रोतका अनुसार भोलि ११ बजे स्थायी समितिको बैठकका एजेण्डा बारेमा छलफल हुनेछ। पार्टीलाई एक ढिक्का बनाएर लैजाने गत बैशाख २० गतेको सचिवालयले निर्णय गरे पनि शीर्ष नेताको कुरा मिल्न नसक्दा भोलि स्थायी समितिमा पेश हुने एजेण्डा पनि अझै तय भै नसकेको सचिवालयका एक सदस्य बताए ।

यस बिषयमा नै मंगलबार प्रधानमन्त्री तथा पर्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनालबीच भेटवार्ता भएको थियो। सचिवालय बैठकको निर्णय कार्यन्वयनसम्बन्धी प्रस्ताव निर्माणमा सोमबार र मंगलबार दुई अध्यक्षबीचको वार्ता धेरै सकारात्मक नभएपछि दाहाल–नेपाल समूह आसन्न स्थायी कमिटी बैठकको रणनीति निर्माणमा जुटेको स्रोतले बताएको छ ।

उता बैठककै तयारीका लागि भन्दै दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्यहरु आइतबारदेखि नै लगातार परामर्श र छलफामा छन् । पार्टीसँग सल्लाह नै नगरी प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ८ गते दुई अध्यादेश जारी गरेपछि नेकपामा तनाव चुलिएको छ। दुवै अध्यादेश वैशाख १२ मा फिर्ता गरे पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल प्रधानमन्त्री ओलीप्रति आक्रमक भएका छन्।