१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द   News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु News Polar तटबन्धले जोगायो गैँडाकोटको बस्ती News Polar नेपाली क्रिकेट टोली जापानबाट स्वदेश फिर्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो

नेकपा सचिवालय बैठकले के गर्ला ?

नेकपा सचिवालय बैठकले के गर्ला ?
अ अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज दिउँसो बस्दै छ। बिहीबार बस्ने स्थायी कमिटि बैठकको तयारीका लागि आज दिउँसो तीन बजेका लागि बैठक बोलाइएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । पार्टी स्रोतका अनुसार भोलि ११ बजे स्थायी समितिको बैठकका एजेण्डा बारेमा छलफल हुनेछ। पार्टीलाई एक ढिक्का बनाएर लैजाने गत बैशाख २० गतेको सचिवालयले निर्णय गरे पनि शीर्ष नेताको कुरा मिल्न नसक्दा भोलि स्थायी समितिमा पेश हुने एजेण्डा पनि अझै तय भै नसकेको सचिवालयका एक सदस्य बताए ।

यस बिषयमा नै मंगलबार प्रधानमन्त्री तथा पर्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनालबीच भेटवार्ता भएको थियो। सचिवालय बैठकको निर्णय कार्यन्वयनसम्बन्धी प्रस्ताव निर्माणमा सोमबार र मंगलबार दुई अध्यक्षबीचको वार्ता धेरै सकारात्मक नभएपछि दाहाल–नेपाल समूह आसन्न स्थायी कमिटी बैठकको रणनीति निर्माणमा जुटेको स्रोतले बताएको छ ।

उता बैठककै तयारीका लागि भन्दै दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्यहरु आइतबारदेखि नै लगातार परामर्श र छलफामा छन् । पार्टीसँग सल्लाह नै नगरी प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ८ गते दुई अध्यादेश जारी गरेपछि नेकपामा तनाव चुलिएको छ। दुवै अध्यादेश वैशाख १२ मा फिर्ता गरे पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल प्रधानमन्त्री ओलीप्रति आक्रमक भएका छन्।