१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar महाधिवेशन यात्राको सुरुवात हो, बलियो कांग्रेससहित अगाडि आउने छौँ : विश्वप्रकाश शर्मा News Polar कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान News Polar लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुन सक्छ, यसमा कांग्रेसकै नेतृत्व हो : राजेन्द्र लिङ्देन News Polar कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा गर्न फेरि सहकार्य गर्ने समय आएको छ : शंकर पोखरेल News Polar राजनीतिक दलहरूलाई लिङदेनको चेतावनीः ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’ News Polar ‘नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन’ : शरतसिंह भण्डारी News Polar २० वर्षभित्र नेपाललाई विकसित देश बनाउने योजना बनाउनुपर्छ : भट्टराई News Polar गगनले देशको नेतृत्व गर्न सक्छन्, मलाई विश्वास छ : रेशम चौधरी News Polar नियन्त्रित लोकतन्त्र नेपाली जनतालाई स्वीकार्य हुँदैन : शरतसिंह भण्डारी News Polar रेशम चौधरीको प्रश्न : गणतन्त्रसँगै हाम्रो पहिचान र धर्म किन साटियो ? News Polar दशौं राष्ट्रिय खेलकुद सर्दैन, ढुक्क हुनुस् : मन्त्री पोखरेल News Polar कांग्रेस हल्लाले होइन, त्याग र संघर्षले स्थापित भएको हो : राई News Polar भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच लोकतान्त्रिक सहकार्यको लामो इतिहास छ : अध्यक्ष खड्गे News Polar राजनीतिलाई पद प्राप्त गर्ने माध्यम होइन, राष्ट्रप्रतिको जिम्मेवारीका रूपमा बुझ्नुपर्छ : भण्डारी News Polar विदेशी राजनीतिक दल र नेताबाट कांग्रेस महाधिवेशनलाई शुभकामना News Polar स्थानीय तहमै पुगेर युवालाई रोजगारीसँग जोड्दै सीप तथा रोजगार मेला News Polar दाउन्ने बस दुर्घटनाः मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न News Polar बेत्रावतीको बेलीब्रिज दसैँअघि सञ्चालनमा आउने News Polar घिमिरेको प्रश्न– ‘अन्तिम पंक्तिमा उभिएको नागरिकको जीवन बदल्न सक्यौँ त ?’ News Polar काँग्रेसको १५ औँ महाधिवेशन केवल पद बाँडफाँटका लागि होइन, आत्मसमीक्षा र पुनर्जागरणको थलो बन्नुपर्छः उपसभापति भुसाल

भ्रष्ट नेताहरुलाई निर्वाचनमार्फत हटाउन जरुरीः मन्त्री राई

भ्रष्ट नेताहरुलाई निर्वाचनमार्फत हटाउन जरुरीः मन्त्री राई
अ अ+ अ-

काठमाडौँ । रक्षामन्त्री मानवीर राईले भ्रष्ट नेताहरुलाई निर्वाचनमार्फत हटाउन जरुरी रहेको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पार्टीमा अशुद्धता भएका मानिसहरु, भ्रष्ट मानिसहरु छन् भने तिनीहरुलाई निर्वाचनको माध्यमबाट फाल्न जरुरी रहेको बताउनु भयो । उहाँले गणतन्त्रको विकल्पमा अर्को कुनै राम्रो व्यवस्था नरहेको जिकिर गर्नुभयो । उहाँले गोरखा मिडिया ग्रुपबाट हटिसकेपछि पनि बैंकको चेकमा हस्ताक्षर गरेर रवि लामिछानेले पैसा उठाएको बताउनु भयो । उहाँले कानूनअनुसार कारबाही गर्दा प्रतिशोध साँध्यो भन्ने गरिएको बताउनु भयो ।

मन्त्री राईले भन्नुभयो, ‘पार्टीमा अशुद्धता भएका मानिसहरु, भ्रष्ट मानिसहरु हरेक पार्टीमा छन् भने त्यसलाई फाल्न जरुरी छ । त्यसलाई निर्वाचनमा हराउन जरुरी छ । तर यो बहुदलीय व्यवस्था गणतन्त्रको विकल्पमा कोही अर्को उत्तम व्यवस्था हुन सक्दैन । प्रतिशोधको नारा छ । बौद्धिक जमात बोल्ने समय फेर आयो । जान्नेलाई छान्ने अरे । बैंकको चेकमा सही गर्नेकुरा रवि लामिछाने जत्तिको मान्छेलाई कसैले जबरजस्ती सही गरिदिएको हो र ? गोरखा मिडिया ग्रुपबाट हटिसकेपछि पनि चेकहरु काटिएका छन् । अनि प्रतिशोध यो सरकारले साँध्यो । प्रतिशोधन साँध्यो भने अहिले मुद्दा चलिरहेका काँग्रेसका नेता, हाम्रै माननीय टोपबहादुर रायमाझी के नि ? संसदमा कुरा उठ्यो, छानविन भएर अघि बढेको प्रक्रिया हो ।’

मन्त्री राईले अहिलेको व्यवस्थामा नै आदिवासी, जनजातिहरुले चाहेका कुराहरु प्राप्त गर्न सकिने बताउनु भयो ।