१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar महाधिवेशन यात्राको सुरुवात हो, बलियो कांग्रेससहित अगाडि आउने छौँ : विश्वप्रकाश शर्मा News Polar कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान News Polar लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुन सक्छ, यसमा कांग्रेसकै नेतृत्व हो : राजेन्द्र लिङ्देन News Polar कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा गर्न फेरि सहकार्य गर्ने समय आएको छ : शंकर पोखरेल News Polar राजनीतिक दलहरूलाई लिङदेनको चेतावनीः ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’ News Polar ‘नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन’ : शरतसिंह भण्डारी News Polar २० वर्षभित्र नेपाललाई विकसित देश बनाउने योजना बनाउनुपर्छ : भट्टराई News Polar गगनले देशको नेतृत्व गर्न सक्छन्, मलाई विश्वास छ : रेशम चौधरी News Polar नियन्त्रित लोकतन्त्र नेपाली जनतालाई स्वीकार्य हुँदैन : शरतसिंह भण्डारी News Polar रेशम चौधरीको प्रश्न : गणतन्त्रसँगै हाम्रो पहिचान र धर्म किन साटियो ? News Polar दशौं राष्ट्रिय खेलकुद सर्दैन, ढुक्क हुनुस् : मन्त्री पोखरेल News Polar कांग्रेस हल्लाले होइन, त्याग र संघर्षले स्थापित भएको हो : राई News Polar भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच लोकतान्त्रिक सहकार्यको लामो इतिहास छ : अध्यक्ष खड्गे News Polar राजनीतिलाई पद प्राप्त गर्ने माध्यम होइन, राष्ट्रप्रतिको जिम्मेवारीका रूपमा बुझ्नुपर्छ : भण्डारी News Polar विदेशी राजनीतिक दल र नेताबाट कांग्रेस महाधिवेशनलाई शुभकामना News Polar स्थानीय तहमै पुगेर युवालाई रोजगारीसँग जोड्दै सीप तथा रोजगार मेला News Polar दाउन्ने बस दुर्घटनाः मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न News Polar बेत्रावतीको बेलीब्रिज दसैँअघि सञ्चालनमा आउने News Polar घिमिरेको प्रश्न– ‘अन्तिम पंक्तिमा उभिएको नागरिकको जीवन बदल्न सक्यौँ त ?’ News Polar काँग्रेसको १५ औँ महाधिवेशन केवल पद बाँडफाँटका लागि होइन, आत्मसमीक्षा र पुनर्जागरणको थलो बन्नुपर्छः उपसभापति भुसाल

सरकारले उखु कृषकलाई संरक्षण गर्नै चाहेनः वर्षमान पुन

सरकारले उखु कृषकलाई संरक्षण गर्नै चाहेनः वर्षमान पुन
अ अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारले कृषकलाई संरक्षण गर्न नचाहेको बताउनुभएको छ ।

उखु किसानले गत वर्षको बक्यौता अनुदान उपलब्ध गराउन माग गरिरहेका बेला उहाँले सरकारसँग स्वदेशी उद्योग र कृषकहरुलाई संरक्षण गर्ने दृष्टिकोण नै नभएको आरोप लगाउनुभएको हो ।

शुक्रवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उपमहासचिव पुनले तत्काल उनीहरुलाई त्यो अनुदान रकम उपलब्ध गराउन पनि सरकारलाई दबाब दिनुभयो । उहाँले सरकारसँग उखु किसानको वक्यौता रकम उपलब्ध गराउन पर्याप्त बजेट भएको जिकिर समेत गर्नुभयो । उपमहासचिव पुनले भन्नुभयो, ‘अर्थ मन्त्रालयमा पैसा छ । किसानहरुलाई विगतमा दिइएको कम्तिमा पनि प्रतिक्वीन्टल ७० रुपैयाँ अनुदान हो, त्यो दिइनु पर्छ । अर्थ मन्त्रालयमा पैसा भएर त बजेटका कुरा आएका छन । झन्डै १९ खर्व, २० खर्व जतिको बजेट छ । त्यसो गर्दा प्राथमिकता नभएको हो । अर्थ मन्त्रालय र सरकारसँग के लाई प्राथमिकता दिने ? भन्ने छैन । किसानलाई सरकारले प्राथमिकता दिएन । हाम्रो आफ्नै उत्पादनलाई प्राथमिकता दिएन । र हामीले भन्दै आएको कुरा के हो भने हाम्रो कृषि उपजलाई संरक्षण गर्नु पर्छ । हाम्रो देशको उद्योग, व्यवसायलाई संरक्षण गर्नु पर्छ भन्ने हो । सरकारको त्यो दृष्टिकोण छैन । किनभने विदेशबाट चिनी आए भइहाल्यो । विदेशबाट सामान ल्याय भईहाल्यो । यहाँ कुनै किसान र उद्योगीलाई संरक्षण गर्नु पर्दैन । यो सरकारको दृष्टिकोण हो सरकारको । त्यसैले यो सरकारको ध्यान यहाँको किसानको संरक्षण गर्नेमा हाम्रो कृषि उपजको संरक्षण गर्नेमा छैन । मूल कुरो त्यो हो । सरकारको ध्यान जाओस कि यो किसानहरुको माग पूरा होस । उखु किसानहरुले राहत पाउनु पर्छ । अनुदान पाउनुपर्छ । यस संरक्षण गर्नुपर्छ ।’

उपमहासचिव पुनले उखु किसानको माग तत्काल पुरा गर्न पनि सरकारलाई सचेत गराउनु भयो ।