काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको लिम्पियाधुराबाट भारत—चीनले व्यापार मार्ग खोल्न गरेको सम्झौताबारे आवाज उठाउने बताउनुभएको छ ।
संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
सञ्चारकर्मीहरुले लिपुलेक, लिम्यिाधुराको सीमा मिचेर भारत र चीनले व्यापार मार्ग खोल्न गरेको सम्झौताबारे आवाज उठाउनुहुन्छ ? भन्दै प्रश्न गरेका थिए । जसमा प्रधानमन्त्री ओलीले अवश्य उठ्ने जवाफ दिनुभयो । चीनको तियानजिनमा आयोजना हुने सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिन ओली चीन जाँदै हुनुहुन्छ ।










