१९ मंसिर २०८२, शुक्रबार
,
Latest
भ्याली पब्लिकका तीनै टोली विजयी चुरे क्षेत्रको अवैध उत्खनन रोक्न अनुगमन भदौमा त्यो स्थिति जे आयो, त्यो न तपाईँको हातमा थियो, न हाम्रो हातमा कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन स्थानियतह देखी प्रदेश तथा संघलाई कानून निर्माणका सहजीकरण गर्दे कानून समाज छ दिनमा १२ जना फरार प्रतिवादी पक्राउ सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकलाई चुनौति दिने खालको कुनैपनि आर्थिक अपराध नियन्त्रण गर्न सरकार तत्पर छः अर्थमन्त्री पौडेल



अ+ अ-

काठमाडौ । उप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकलाई नै चुनौति दिने खालको आर्थिक अपराध नियन्त्रण गर्न नेपाल विश्वका सबै मुलुकसँग सहकार्यका साथ अघि बढ्न तत्पर रहेको बताउनुभएको छ ।

शुक्रवार राष्ट्रिय सभा बैठकमा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले मुलुकलाई चुनौति दिने खालका आर्थिक अपराध नियन्त्रण गर्न सरकार विश्वका कुनैपनि मुलुकसँग सहकार्य गरेर अघि बढ्न सक्षम रहेको बताउनुभएको हो ।

राज्यलाई नै चुनौति दिनसक्ने गरी ठूला र गम्भिर प्रकृतिका आर्थिक अपराधहरु नियन्त्रण गर्न नेपाल विश्वका सबै मुलुकहरुसँग सहकार्य गर्दै अगाडि बढ्ने सरकारले प्रयास गर्दै आएको उल्लेख गर्दै उपप्रधानमन्त्री पौडेलले त्यस कर्तव्यप्रति सरकार सचेत रहेको बताउनु भयो । उहाँले नेपाललाई आर्थिक रुपमा ग्रे लिष्ट पर्न नदिने पनि दोहो¥याउनु भयो ।

उपप्रधानमन्त्री पौडेलले भन्नुभयो,‘आर्थिक अपराध नियन्त्रण र सुशासनप्रति मुलुकको कर्तव्य हुन्छ । सम्पत्ति सुद्धीकरण र आतंककारी कार्यमा वित्तिय लगानी नियन्त्रण सम्बन्धि विश्वका साझा प्रयास पनि त्यसैका अभिव्यक्तिहरु हुन् । हाम्रो राज्यलाई नै चुनौति दिन सक्ने गरी ठूला र गम्भिर प्रकृतिका आर्थिक अपराधहरु नियन्त्रण गर्न नेपालका विश्वका सबै मुलुकहरुसँग सहकार्य गर्दै अगाडि बढ्न तत्पर छ । त्यस हिसावको प्रयासहरु छ । यो दुनियाँकै चासो र सरकारको विषय पनि हो भन्ने कुरा म राख्न चाहन्छु ।’

त्यस अवसरमा उपप्रधानमन्त्री पौडेलले नेपालले आर्थिक कठिनाई व्यहोरिरहे पनि समस्यामा पनि जेलिएको अवस्था नभएको पनि बताउनु भयो ।