२१ भाद्र २०८३, आईतवार
,
Latest
गोरखाको चुमनुब्री–४ मा बाढीपीडितका लागि राहत पठाइँदै राप्रपाका महामन्त्री शरदराज पाठकद्वारा पार्टीका सबै जिम्मेवारी परित्याग ओलीको तस्बिर दुरुपयोग गरी एआईबाट भ्रामक सामग्री बनाइएकोमा एमालेको आपत्ति भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई चार्जिङ सामग्री सहयोग बाढीले मनास्लु पदमार्ग अवरुद्ध ऊर्जामन्त्री श्रेष्ठले त्रिशुली थ्री `ए´ काे सुरूङमार्गबाट उद्वार गरिएका घाइतेलाई भेटे नुवाकोटको ताँदी नदीमा बेलीब्रिज जडान जारी भोटेकोशी बाढी प्रभावित परिवारका सदस्यलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा मोहना अन्सारीको टिप्पणी : ‘सरकार र संसदमा नेपालको जनसांख्यिक विविधता प्रतिबिम्बित भएन’ कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि दुई विकल्पमा अध्ययन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकलाई चुनौति दिने खालको कुनैपनि आर्थिक अपराध नियन्त्रण गर्न सरकार तत्पर छः अर्थमन्त्री पौडेल



अ+ अ-

काठमाडौ । उप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकलाई नै चुनौति दिने खालको आर्थिक अपराध नियन्त्रण गर्न नेपाल विश्वका सबै मुलुकसँग सहकार्यका साथ अघि बढ्न तत्पर रहेको बताउनुभएको छ ।

शुक्रवार राष्ट्रिय सभा बैठकमा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले मुलुकलाई चुनौति दिने खालका आर्थिक अपराध नियन्त्रण गर्न सरकार विश्वका कुनैपनि मुलुकसँग सहकार्य गरेर अघि बढ्न सक्षम रहेको बताउनुभएको हो ।

राज्यलाई नै चुनौति दिनसक्ने गरी ठूला र गम्भिर प्रकृतिका आर्थिक अपराधहरु नियन्त्रण गर्न नेपाल विश्वका सबै मुलुकहरुसँग सहकार्य गर्दै अगाडि बढ्ने सरकारले प्रयास गर्दै आएको उल्लेख गर्दै उपप्रधानमन्त्री पौडेलले त्यस कर्तव्यप्रति सरकार सचेत रहेको बताउनु भयो । उहाँले नेपाललाई आर्थिक रुपमा ग्रे लिष्ट पर्न नदिने पनि दोहो¥याउनु भयो ।

उपप्रधानमन्त्री पौडेलले भन्नुभयो,‘आर्थिक अपराध नियन्त्रण र सुशासनप्रति मुलुकको कर्तव्य हुन्छ । सम्पत्ति सुद्धीकरण र आतंककारी कार्यमा वित्तिय लगानी नियन्त्रण सम्बन्धि विश्वका साझा प्रयास पनि त्यसैका अभिव्यक्तिहरु हुन् । हाम्रो राज्यलाई नै चुनौति दिन सक्ने गरी ठूला र गम्भिर प्रकृतिका आर्थिक अपराधहरु नियन्त्रण गर्न नेपालका विश्वका सबै मुलुकहरुसँग सहकार्य गर्दै अगाडि बढ्न तत्पर छ । त्यस हिसावको प्रयासहरु छ । यो दुनियाँकै चासो र सरकारको विषय पनि हो भन्ने कुरा म राख्न चाहन्छु ।’

त्यस अवसरमा उपप्रधानमन्त्री पौडेलले नेपालले आर्थिक कठिनाई व्यहोरिरहे पनि समस्यामा पनि जेलिएको अवस्था नभएको पनि बताउनु भयो ।