२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिपक्षी दलहरुले आफ्नो राजनीतिक रोटी सेक्न सरकारबारे जनता भ्रम फैल्याएः एमाले सांसद गिरी



अ+ अ-

काठमाडौ । नेकपा (एमाले)का सांसद पदम गिरिले प्रतिपक्षी दलहरुले सरकारको गरिरहेको काम कारबाहीको बारेमा जनता भ्रम छर्ने काम गरिरहेको आरोप लगाउनुभएको छ ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै सांसद गिरीले यस्तो आरोप लगाउनुभएको हो ।सरकारका कामलाई लिएर सिर्जनात्मक आलोचना गर्न कसैलाई नरोकिएको भएपनि संसद र सामाजिक सञ्जालमार्फत सरकारप्रति जनतामा अनावश्यक भ्रम छर्ने कार्य भइरहेको भन्दै उहाँले आपत्ति जनाउनु भयो । उहाँले सरकारले बिग्रिएको अर्थतन्त्र सही दिशामा अगाडि बढाइरहेको जिकिर गर्नुभयो । तथ्य र तथ्यांकमा टेकेर नभई सरकारले देश नै लुटिसक्यो जस्तो आफ्नो राजनीिितक रोटी सेक्नेगरी भ्रम छर्ने कार्य बन्द गर्न चेतावनी समेत दिनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले संसदभित्र मात्र होइन संसदबाहिर सामाजिक सञ्जालमा पनि सरकारले गरेका कामहरुलाई लिएर सिर्जनात्मक आलोचना गर्न कसैलाई रोकिएको छैन । सरकारले गरेका कमि कमजोरीहरुलाई औंल्याउनका निम्ति, सरकारलाई खबरदारी गर्नका निम्ति, सरकारले बाटो बिराएको छ भने ठिक ढंगले बाटो देखाउनका निम्ति प्रतिपक्षी दलहरुले खबरदारी गर्नैपर्छ । लोकतन्त्रको सौन्दर्य भनेको त्यही हो । तर यहाँ तथ्य र तर्कसंगत रुपमा होइन । आग्रहको आधारमा आफ्नो स्वार्थको रोटि सेक्नका निम्ति सरकारले सारा लुटिसक्यो, देशमा लुट मच्चिएको छ । भ्रष्टाचार र अनियमितता मौलाएको छ । वास्तवमा भन्ने हो भने देश बर्बाद भएको जस्तो किसिमले जनता भ्रमहरु सिर्जना गरिँदै छ । आर्थिक वर्ष २०८१/८२ का आर्थिक परिसूचकहरु कसरी आए ? त्यसको रिपोर्ट के छ ? हाम्रो तथ्यांक त त्यही होला नि । त्यसमा उभिएर हेर्नुुपर्ये लुट मच्चिएको छ कि बिग्रिएको अर्थतन्त्र सही बाटोमा फर्किएको छ भन्ने कुरा हेर्न ?’

उहाँले आर्थिक वर्ष २०८१/८२को आर्थिक परिसूचक हेर्न समेत प्रतिपक्षी दलहरुलाई आग्रह गर्नुभयो ।