१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar महाधिवेशन यात्राको सुरुवात हो, बलियो कांग्रेससहित अगाडि आउने छौँ : विश्वप्रकाश शर्मा News Polar कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान News Polar लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुन सक्छ, यसमा कांग्रेसकै नेतृत्व हो : राजेन्द्र लिङ्देन News Polar कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा गर्न फेरि सहकार्य गर्ने समय आएको छ : शंकर पोखरेल News Polar राजनीतिक दलहरूलाई लिङदेनको चेतावनीः ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’ News Polar ‘नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन’ : शरतसिंह भण्डारी News Polar २० वर्षभित्र नेपाललाई विकसित देश बनाउने योजना बनाउनुपर्छ : भट्टराई News Polar गगनले देशको नेतृत्व गर्न सक्छन्, मलाई विश्वास छ : रेशम चौधरी News Polar नियन्त्रित लोकतन्त्र नेपाली जनतालाई स्वीकार्य हुँदैन : शरतसिंह भण्डारी News Polar रेशम चौधरीको प्रश्न : गणतन्त्रसँगै हाम्रो पहिचान र धर्म किन साटियो ? News Polar दशौं राष्ट्रिय खेलकुद सर्दैन, ढुक्क हुनुस् : मन्त्री पोखरेल News Polar कांग्रेस हल्लाले होइन, त्याग र संघर्षले स्थापित भएको हो : राई News Polar भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच लोकतान्त्रिक सहकार्यको लामो इतिहास छ : अध्यक्ष खड्गे News Polar राजनीतिलाई पद प्राप्त गर्ने माध्यम होइन, राष्ट्रप्रतिको जिम्मेवारीका रूपमा बुझ्नुपर्छ : भण्डारी News Polar विदेशी राजनीतिक दल र नेताबाट कांग्रेस महाधिवेशनलाई शुभकामना News Polar स्थानीय तहमै पुगेर युवालाई रोजगारीसँग जोड्दै सीप तथा रोजगार मेला News Polar दाउन्ने बस दुर्घटनाः मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न News Polar बेत्रावतीको बेलीब्रिज दसैँअघि सञ्चालनमा आउने News Polar घिमिरेको प्रश्न– ‘अन्तिम पंक्तिमा उभिएको नागरिकको जीवन बदल्न सक्यौँ त ?’ News Polar काँग्रेसको १५ औँ महाधिवेशन केवल पद बाँडफाँटका लागि होइन, आत्मसमीक्षा र पुनर्जागरणको थलो बन्नुपर्छः उपसभापति भुसाल

प्रतिपक्षी दलहरुले आफ्नो राजनीतिक रोटी सेक्न सरकारबारे जनता भ्रम फैल्याएः एमाले सांसद गिरी

प्रतिपक्षी दलहरुले आफ्नो राजनीतिक रोटी सेक्न सरकारबारे जनता भ्रम फैल्याएः एमाले सांसद गिरी
अ अ+ अ-

काठमाडौ । नेकपा (एमाले)का सांसद पदम गिरिले प्रतिपक्षी दलहरुले सरकारको गरिरहेको काम कारबाहीको बारेमा जनता भ्रम छर्ने काम गरिरहेको आरोप लगाउनुभएको छ ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै सांसद गिरीले यस्तो आरोप लगाउनुभएको हो ।सरकारका कामलाई लिएर सिर्जनात्मक आलोचना गर्न कसैलाई नरोकिएको भएपनि संसद र सामाजिक सञ्जालमार्फत सरकारप्रति जनतामा अनावश्यक भ्रम छर्ने कार्य भइरहेको भन्दै उहाँले आपत्ति जनाउनु भयो । उहाँले सरकारले बिग्रिएको अर्थतन्त्र सही दिशामा अगाडि बढाइरहेको जिकिर गर्नुभयो । तथ्य र तथ्यांकमा टेकेर नभई सरकारले देश नै लुटिसक्यो जस्तो आफ्नो राजनीिितक रोटी सेक्नेगरी भ्रम छर्ने कार्य बन्द गर्न चेतावनी समेत दिनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले संसदभित्र मात्र होइन संसदबाहिर सामाजिक सञ्जालमा पनि सरकारले गरेका कामहरुलाई लिएर सिर्जनात्मक आलोचना गर्न कसैलाई रोकिएको छैन । सरकारले गरेका कमि कमजोरीहरुलाई औंल्याउनका निम्ति, सरकारलाई खबरदारी गर्नका निम्ति, सरकारले बाटो बिराएको छ भने ठिक ढंगले बाटो देखाउनका निम्ति प्रतिपक्षी दलहरुले खबरदारी गर्नैपर्छ । लोकतन्त्रको सौन्दर्य भनेको त्यही हो । तर यहाँ तथ्य र तर्कसंगत रुपमा होइन । आग्रहको आधारमा आफ्नो स्वार्थको रोटि सेक्नका निम्ति सरकारले सारा लुटिसक्यो, देशमा लुट मच्चिएको छ । भ्रष्टाचार र अनियमितता मौलाएको छ । वास्तवमा भन्ने हो भने देश बर्बाद भएको जस्तो किसिमले जनता भ्रमहरु सिर्जना गरिँदै छ । आर्थिक वर्ष २०८१/८२ का आर्थिक परिसूचकहरु कसरी आए ? त्यसको रिपोर्ट के छ ? हाम्रो तथ्यांक त त्यही होला नि । त्यसमा उभिएर हेर्नुुपर्ये लुट मच्चिएको छ कि बिग्रिएको अर्थतन्त्र सही बाटोमा फर्किएको छ भन्ने कुरा हेर्न ?’

उहाँले आर्थिक वर्ष २०८१/८२को आर्थिक परिसूचक हेर्न समेत प्रतिपक्षी दलहरुलाई आग्रह गर्नुभयो ।