२० मंसिर २०८२, शनिबार
,
Latest
कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंको जडिबुटीमा रोकिराखेको बसमा स्कुटर ठोकिँदा दुई युवकको मृत्यु



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ३२ जडिबुटीमा रोकिराखेको बसको पछाडि स्कुटर ठोकिँदा दुई युवकको मृत्यु भएको छ ।

जडिबुटीको आकाशेपुलनजिकै रोकिएको बा.प्र ०१–००६ ख ४२४३ नम्बरको अरनिको यातायातको बसको पछाडि आज बिहान करिब तीन बजेतिर लु.४३ प ४९३८ नम्बरको स्कुटर ठोक्किएको हो ।

कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै गरेको स्कुटर बसमा ठोकिँदा दुई युवकको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

मृत्यु हुनेमा स्कुटर चालक नवलपरासीको सुनौल नगरपालिका–१ स्थायी घर भई हाल भक्तपुरको लोकन्थली बस्दै आएका २२ वर्षीय शिरिस पौडेल र काभ्रेको पाँचखान नगरपालिका–२ होस्के घर भएका २३ वर्षीय नितेश नेपाल रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई उपचारको लागि तत्काल ट्रमा सेन्टर लगिएको थियो । पौडेलको उपचारको क्रममा शुक्रबार बिहान साढे तीन बजे र नेपालको बिहान पौने चार बजे मृत्यु भएको हो ।

घटनामा संग्लन दुवै सवारी साधन कोटेश्वर ट्राफिकको नियन्त्रणमा छन् ।