३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंको जडिबुटीमा रोकिराखेको बसमा स्कुटर ठोकिँदा दुई युवकको मृत्यु



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ३२ जडिबुटीमा रोकिराखेको बसको पछाडि स्कुटर ठोकिँदा दुई युवकको मृत्यु भएको छ ।

जडिबुटीको आकाशेपुलनजिकै रोकिएको बा.प्र ०१–००६ ख ४२४३ नम्बरको अरनिको यातायातको बसको पछाडि आज बिहान करिब तीन बजेतिर लु.४३ प ४९३८ नम्बरको स्कुटर ठोक्किएको हो ।

कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै गरेको स्कुटर बसमा ठोकिँदा दुई युवकको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

मृत्यु हुनेमा स्कुटर चालक नवलपरासीको सुनौल नगरपालिका–१ स्थायी घर भई हाल भक्तपुरको लोकन्थली बस्दै आएका २२ वर्षीय शिरिस पौडेल र काभ्रेको पाँचखान नगरपालिका–२ होस्के घर भएका २३ वर्षीय नितेश नेपाल रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई उपचारको लागि तत्काल ट्रमा सेन्टर लगिएको थियो । पौडेलको उपचारको क्रममा शुक्रबार बिहान साढे तीन बजे र नेपालको बिहान पौने चार बजे मृत्यु भएको हो ।

घटनामा संग्लन दुवै सवारी साधन कोटेश्वर ट्राफिकको नियन्त्रणमा छन् ।