७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माछा मार्न गएका राईको लडेर मृत्यु



अ+ अ-

किमाथाङ्का । स्थानीय कासुवाखोलामा माछा मार्न जानुभएका मकालु –३ उलिङका ४५ वर्षीय जापान राईको लडेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार ढुङ्गामा चिप्लिएर उहाँको मृत्यु भएको हो ।

बुधबार अपराह्न भएको यो दुर्घटनाको खबर प्राप्त हुनासाथ हेदाङ्नागढीस्थित इलाका प्रहरी कार्यालयको टोली घटनास्थल पुगेको जानकारी दिँदै उहाँले शव परीक्षणका निम्ति आज जिल्ला अस्पताल पुर्याइने बताउनुभयो ।

उहाँसँगै माछा मार्न जानुभएका भानसिंह राईसँग प्रहरीले सोधपुछ एवं अनुसन्धान गरेको छ ।