२४ भाद्र २०८३, बुधबार
,
Latest
आधारभूत अस्पताल : न जनशक्ति, न उपकरण व्यवस्था र संविधान निर्माणमा भुमिका खेलेका दलहरूको आन्तरिक एकता सुदृढ गर्नु आजको आवश्यकताः सिटौला निर्वाचनको परिणामले नै विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्योः महत बलियो दाबेदारी दिँदै अन्नपूर्ण स्पाइकर सर्वोच्चले काँग्रेसको मुद्दा प्राथमिकतामा राखोस्ः निधी ‘पार्टी टुक्रिने सम्भावना देखिएको छ, एकजुट पारेर अघि बढौँ’ –शशांक कोईराला ‘सुशासन र भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलता स्थापित गर्न काँग्रेस आउनुपर्छ भन्ने जनमत बढ्दैछ’- प्रकाशमान सिंह ‘जलवायु परिवर्तनका कारण विपद्को जोखिम बढ्यो, नेपाललाई जोगाउन विश्वव्यापी अभियान आवश्यक’- देउवा आधा जितिसक्यौँ, रुख चुनाव चिह्न र चारतारे झण्डा हामीले पाउँछौँः देउवा सेवाग्रहीका समस्यामा केन्द्रित हुन मुख्यमन्त्री शाहीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिलालाई गालीगलौज गरेको आरोपमा रास्वपा नेता अरनिको पाँडे पक्राउ



अ+ अ-

काठमाडौं । महिलालाई गालीगलौज गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य डा. अरनिको पाँडे पक्राउ परेका छन् । एक जना महिलालाई सामाजिक सञ्जाल मार्फत गालीगलौज गरेको आरोपमा पाँडे पक्राउ परेका हुन् ।

महिलाले उजुरी दिएपछि उनलाई साइबर ब्यूरोले पक्राउ गरेको हो । अदालतबाट आजै पक्राउ पुर्जी जारी भएको थियो । दिउँसो पक्राउ पूर्जी लिएको प्रहरीले साँझ उनलाई पक्राउ गरेको हो ।

प्रहरीले म्याद थपका लागि उनलाई भोलि अदालतमा उपस्थित गराउने छ ।

वातावरणविद् पाँडे २०७९ साल भदौमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए । उनी रास्वपा सरकारमा रहेको बेलामा २०८० सालमा राष्ट्रिय योजना आयोगको सदस्य समेत बनेका थिए ।