१३ श्रावण २०८३, बुधबार
,
Latest
राष्ट्रपतिसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेट, राजनीतिक अवस्था र संसदीय गतिविधिबारे छलफल स्थानीयको गुनासोपछि बञ्चरेडाँडाको फोहार व्यवस्थापनका समस्याबारे सञ्चारमन्त्री डा तिमिल्सिनाको चासो, तत्काल समाधान गर्न सम्बन्धित निकायलाई… स्वास्थ्य मन्त्रालयको प्रशासनिक संरचना एकीकृत गरिँदै, सचिव देवकोटा नयाँ कार्यकक्षमा स्थानान्तरण विभिन्न विधेयक संसद्मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति प्रधानमन्त्रीको निर्देशनपछि फुटवेयर क्षेत्रमा २० हजार रोजगारीको पहल सोरुबाट सुरु भएको थियो कर्णाली प्रदेशका पाँचौँ मुख्यमन्त्री जीवन यात्रा बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो एसियाडमा काँस्य पदक विजेता नेपाली महिला कबड्डी टोलीले भारतमा तयारी गर्ने समस्याग्रस्त र राम्रा सहकारीलाई एउटै दृष्टिकोणले हेर्नु हुँदैन : मन्त्री रायमाझी सरोकारवालासँगको परामर्शविना ल्याइने सहकारी ऐन मान्य नहुने महासंघको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्योगमन्त्री भण्डारीसँग अमेरिकी राजदूत थमसनको शिष्टाचार भेट



अ+ अ-

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिनआर थमसनले शिष्टाचार भेटवार्ता भएको छ ।

आज मन्त्रालयमा भएको उक्त भेटवार्ताका क्रममा मन्त्री भण्डारीले नेपाली वस्तुको दोस्रो ठूलो निर्यात गन्तव्य संयुक्त राज्य अमेरिका रहेको भन्दै नेपाल व्यापार प्राथमिकता कार्यक्रममार्फत ७७ वस्तुका लागि शून्य भन्सार सुविधा भए पनि ती वस्तुको निर्यात अपेक्षित रूपमा बढ्न नसकेको जानकारी गराउनुभयो ।

अमेरिकी सरकारको नयाँ भन्सार महसुल नीतिबाट नेपाली निर्यात थप प्रभावित हुने सन्दर्भमा नेपालका घरेलु, साना तथा मझौला उद्योगका लागि अमेरिकाको सहुलियतपूर्ण बजार पहुँच संवेदनशील रहेको विषयलाई महत्त्व दिनुपर्ने मन्त्री भण्डारील बताउनुभयो ।

उहाँले आगामी सन् २०२६ मा हुने अतिकम विकसित मुलुकबाट नेपालको स्तरोन्नति र नेपालको उत्पादन क्षमता तथा व्यापार लागतसम्बन्धी चुनौतीलाई मध्यनजर गर्दै नेपाल व्यापार प्राथमिकता कार्यक्रमको निरन्तरता र तयारी पोसाक, जुत्ता, पस्मिना, फेल्टलगायतका थप ३१ वस्तुलाई सुविधा प्रदान गर्नेगरी विस्तारका लागि आग्रह गर्नुभयो ।

नेपाल संयुक्त राज्य अमेरिका टिफा काउन्सिलका यसअघिको बैठकका सहमति कार्यान्वयन गर्दै जानुपर्नेमा जोड दिँदै मन्त्री भण्डारीले नेपाल व्यापार प्राथमिकता कार्यक्रमको निरन्तरता अमेरिकी संसद्ले निर्णय गर्ने विषय भएकाले नेपालले कूटनीतिक पहल बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँले पछिल्ला वर्षमा नेपालको लगानी वातावरणमा सुधार ल्याउन भएका प्रयासबारे उल्लेख गर्दै विद्यमान अमेरिकी लगानी थप विस्तार र विविधीकरण हुने विश्वास व्यक्त गर्नुभयो ।

राजदूत थमसनले नेपालमा अनुमान योग्य र सुधारिएको लगानी वातावरण कायम हुँदा अमेरिकी लगानीकर्ता लगानी वृद्धिमा इच्छुक रहेको उल्लेख गर्नुहुँदै बौद्धिक सम्पत्तिका क्षेत्रमा सहकार्य र सहयोगको लागि अमेरिका तयार रहेको जानकारी गराउनुभयो ।

भेटवार्ताका क्रममा उठान भएका विषयलाई वासिङ्टनसम्म पुर्‍याउने राजदूत थमसनले प्रतिबद्धता व्यक्त गर्नुभयो । दुई मुलुकबीच व्यापार तथा लगानी प्रवर्द्धनसम्बन्धी विषयमा मन्त्रालय र दूतावासबीच निरन्तर छलफल र सम्पर्क कायम रहने सम्बन्धमा मन्त्री भण्डारी र राजदूत थोम्पसनले साझा धारणा व्यक्त गर्नुभएको छ ।




भर्खरै