६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्द्रजात्राको लिंगो वसन्तपुर ल्याइँदै



अ+ अ-

काठमाडौं । भक्तपुरको सूर्यविनायकस्थित चित्तपोल जंगलबाट छानिएको लिंगो परम्पराअनुसार विधिपूर्वक बसन्तपुर ल्याइँदै छ । यो सिंगोलाई य:सिं भनिन्छ ।

इन्द्र जात्रामा चित्तपोल जंगलबाट ल्याइएको ३२ फिट अग्लो लिंगोलाई वसन्तपुरमा ठड्याइने प्रचलन छ । यसलाई जात्राको मुख्य आकर्षण पनि मानिन्छ ।

हरेक वर्षको भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकामा लिङ्गो ठड्याए पछि मात्र इन्द्रजात्रा पर्वको सुरुवात गर्ने गरिन्छ ।

भाद्र शुक्ल द्वितीय तिथिमा साइत निकालेर काठ लिन गएपछि इन्द्रजात्रा प्रारम्भ हुन्छ । हनुमानढको दरबारभित्रको नासलचोकमा मानन्धर समुदायले विधिवत् पूजा गरेर य: सिंका लागि काठ लिन जाने चलन छ । टाउकोमा सेतो फेटा बाँधेर जम्मा भएका मानन्धर समुदायलाई पण्डितले टीका लगाएर बिदा गर्ने चलन छ ।

गुरुजी पल्टनका सेना कालो पोसाक लगाएर तैनाथ सेना अघि लाग्छन् । गुरुजी पल्टनकै पण्डितले टीका लगाएर बिदा गर्ने चलन छ । हनुमानाढोका दरबारको पश्चिमतिर पञ्चमुखी हनुमानको मूर्ति भएको ढोकाबाट एक–एक गरेर निस्करे काठ काट्न निस्केपछि काठ नल्याएसम्म भित्र मानन्धर समुदायभित्र छिर्न नहुने परम्परा छ । इन्द्रजात्रामा विभिन्न जातजाति मिलेर व्यवस्थापन गर्छन् । त्यसमध्ये य: सिं व्यवस्थापन गर्ने काम मानन्धर समुदायको हो ।