२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यालाई राजनीतिमा आउन उकास्ने ओली किन भए ब्याक ?



अ+ अ-

काठमाडौं । नेकपा एमालेमा अहिले अध्यक्ष केपी शर्मा ओली र पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीबीचको विवाद उत्कर्षमा छ । यही भदौ २० गतेदेखि सुरु हुने विधान महाधिवेशनमा पेश हुने विधान संशोधन प्रस्तावमा प्रदेश र जिल्ला कमिटीबाट पनि सुझाव आइसकेका छन् ।

प्रस्तावित विधानको मस्यौदा तयार पारेर सुझाव दिन एमालेले सबै कमिटीहरुमा पठाएको थियो । भदौ १० गतेसम्मको समयसीमा दिएर पठाइएको मस्यौदामा अधिकांश ठाउँबाट सुझाव आइसकेको छ । अधिकांश सुझावमा ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था राख्न नहुने उल्लेख छ । तर केही कमिटीले भने ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था राख्न सुझाव दिका छन् ।

विशेष गरी एमालेमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन हुने या नहुने भन्नेमा चासो छ । अधिकांशले पूर्वराष्ट्रपतिलाइ सक्रिय राजनीतिमा नआउन सुझाव दिएका छन् । केहीले मिश्रित सुझाव पनि दिएका छन् । तर अहिलेको सुझाव अध्यक्ष ओलीकै निर्देशनबमोजिम आएको बताइएको छ ।

ओलीले अपेक्षा गरेभन्दा केही फरक सुझाव आएपछि भदौ १३ गतेका लागि बोलाइएको केन्द्रीय कमिटीको बैठक स्थगित गरिएको छ । सबै सुझावलाई समेटेर प्रतिवेदन तयार पार्न भन्दै केन्द्रीय कमिटीको बैठक स्थगित गरिएको हो । तर यो बीचमा ओलीलाई गलाउने रणनीति भण्डारी पक्षमा रहेका एमालेका केही नेताहरुको तयारी छ । भण्डारीलाई एमालेको सक्रिय राजनीतिमा आउने बाटो खुला गर्ने गरी विधान संशोधन गर्न दबाब दिने तयारी यो समूहको छ ।

हुन त एमाले अध्यक्ष ओली नै पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा आउन उकास्ने व्यक्ति हुनुहुन्छ । उहाँले झन्डै दुई वर्षअघि दिएको एउटा टेलिभिजन अन्तरवार्तामा पनि पूर्वराष्ट्रपतिलाई सक्रिय राजनीतिमा आउन कसैले रोक्न नसक्ने बताउनुभएको थियो । जतिबेला ओली र भण्डारीको निकै राम्रो सम्बन्ध थियो ।

ओलीले २०८० साल असोजमा पत्रकार ऋषि धमलालाई दिएको एक अन्तरवार्तामा भण्डारी सक्रिय राजनीतिमा आउन सक्ने बताउनुभएको थियो । ओलीले निष्कृय बस्नुभन्दा सामाजिक क्रियाकलाप वा राजनीतिक गतिविधिमा सक्रिय हुनसमेत भण्डारीलाई सुझाव दिनुभएको थियो ।

‘विद्या भण्डारी एमालेमा फर्किने, राजनीति गर्ने पनि चर्चा छ । तपाईँ के भन्नुहुन्छ ? भन्ने प्रश्नमा उहाँले भन्नुभएको थियो, ‘उहाँको खुसीको कुरा हो त्यो । पूर्व राष्ट्रपतिको हिसाबले निष्कृय बस्नुभन्दा कुनै हिसाबले सक्रिय हुनुस् । सामाजिक क्रियाकलापमा सक्रिय हुनुस्, या पोलिटिकल कार्यमा सक्रिय हुनुस् । हुन हुँदैन भन्ने बेकारको कुरा हो यो । पोलिटिक्समा आउन हुँदैन भन्नु बेकारको कुरा हो ।’

‘एमालेको बटम लाइन होइन विद्या भण्डारी राजनीतिमा आउन हुँदैन भन्ने ?’ भन्ने प्रश्नमा ओलीको जवाफ थियो, ‘कसरी बटमलाइन हुन्छ ? उहाँको खुसीको कुरा हो नि । राजनीति भनेको कुरा कसैले गर्न पाउँदैन भन्ने पनि कुरा हुन्छ ? कसैले पनि राजनीति गर्न पाइँदैन भन्ने कुरा हुँदैन । पूर्वराष्ट्रपति कसैलाई कांग्रेसको अध्यक्ष (सभापति) बनाउँछन् भने पनि पाउँछ । को पार्टीको अध्यक्ष बनाउँछन् भने पनि पाउँछ । एमालेको अध्यक्ष बनाउँछन् भने पनि पाउँछ । समाज सेवा गरेर बस्छु, त्यो पनि पाउँछ । त्यो त उसको व्यक्तिगत कुरा भयो । उसको च्वाइसको कुरा भयो ।’

ओलीले भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किएर प्रधानमन्त्री पनि बन्न सक्ने बताएका थिए । ‘विद्यादेवी भण्डारी एमालेमा फर्किएर, राजनीति गरेर भोलि प्रधानमन्त्री पनि बन्न सक्नुहुन्छ ?’ भन्ने प्रश्नमा उहाँले भन्नुभएको थियो, ‘सक्नुहुन्छ । पाइन्छ । सम्भावना छ, छैन त त्यो उहाँको कुरा हो । आन्दोलनको कुरा हो । फर्किनुहुन्छ कि हुँदैन, त्यो उहाँको कुरा हो । म अधिकारको कुरा गर्दैछु ।’

तर दुई वर्ष नबित्दै ओलीको बोली पुरै फेरिएको छ । अहिले ओली भन्दै हुनुहुन्छ– राष्ट्रपति भइसकेको व्यक्ति पार्टी राजनीतिमा आउनु हुँदैन ।

भण्डारीले एमालेको पार्टी सदस्यता नवीकरण गरेर राजनीतिमा होमिएको घोषणा गरेपछि ओली त्यसको विपरित देखिनुभएको हो । अझ भण्डारीले एमालेको आगामी अध्यक्षमा दाबेदारी गरेपछि त ओलीले उहाँले नवीकरण गरिसकेको पार्टी सदस्यता पनि रोकिदिनुभएको छ । भण्डारीको पार्टी सदस्यता नवीकरण एक वर्ष अगाडि नै भएको भनिए पनि कर्मचारीलाई झुक्याएर रसिद काट्दैमा पार्टी सदस्यता नवीकरण नहुने ओलीको तर्क छ । भण्डारीले राष्ट्रपति हुनेबेला २०७२ सालमा सदस्यता परित्याग गरेकाले उनको सदस्यता नवीकरण हुने प्रश्न नै नआउने ओलीको भनाइ छ ।

‘उहाँको सदस्यता पार्टीले खोसेको होइन । राष्ट्रपति हुनेबेलामा उहाँले परित्याग गर्नुभएको हो । परित्याग गरेर नै राष्ट्रपति हुन जानुपर्छ, सदस्यता छोडेर राष्ट्रपति हुन जानुभएको हो । फर्केर आएपछि उहाँले अब त्यहाँ सदस्यताको रसिद काट्ने ठाउँमा कर्मचारी झुक्याएर रसिद लिएर त हुँदैन नि त । त्यत्रो राष्ट्रपति भएको मान्छे, होला कर्मचारीले त रसिद काट्दिन्छ । त्यसरी लिने होइन । सबैलाई थाहा छ, उहाँले छोडेको सदस्यता । छोडेको सदस्यता नवीकरण हुँदैन, भइरहेको सदस्यतामात्रै नवीकरण हुन्छ । कसैको सदस्यता छैन भने नवीकरण हुन्छ र ?’ भन्ने प्रश्न गर्दै ओलीले पार्टीको एक सार्वजनिक कार्यक्रममा बताउनुभएको थियो ।

भण्डारी सक्रिय राजनीतिमा आएपछि आफ्नो अध्यक्ष पद नै संकटमा पर्ने डर ओलीलाई छ । त्यही कारण उहाँले भण्डारीलाई सक्रिय राजनीतिमा आउन रोक्न खोज्नुभएको हो । अझ भण्डारीले दुई कार्यकालभन्दा बढी अध्यक्ष बन्न नपाइने भनेपछि ओली झस्कनु भएको हो । आफू तेस्रो कार्यकाल अध्यक्ष बन्नकै लागि विधानबाट ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था विधानबाटै हटाइसक्नुभएको छ । त्यसपछि उहाँ तेस्रो कार्यकालको अध्यक्ष बन्ने लाइनमा लागिसक्नुभएको छ ।

आफू तेस्रो पटक पार्टी अध्यक्ष बन्ने लालसामा ओलीले एमालेले मार्गदर्शक सिद्धान्तको रुपमा अंगिकार गरेको जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारीकी धर्मपत्नीसमेत रहेकी विद्या भण्डारीलाई राजनीतिमा स्पेस दिन नचाहनुभएको हो ।




भर्खरै