२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवौँ मुनसन कप सुरु



अ+ अ-

म्याग्दी। तीज पर्वका अवसरमा नवौँ मुनसन कप फुटबल प्रतियोगिता सुरु भएको छ । रु एक लाख पुरस्कार राशिको सो प्रतियोगिता आजदेखि म्याग्दीको बेनी नगरपालिका–६ चुत्रेनीमा सुरु भएको हो ।

द मुनसन युवा क्लबले आयोजना गरेको पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ‘नाइन ए साइड’ खुल्ला पुरुष, ‘फाइभ ए साइड’ पौद्ध र महिला फुटबल खेलमा प्रतिस्पर्धा हुनेछ ।

उद्घाटन खेलमा भएको महिला फुटसल प्रतियोगितामा आयोजकलाई शून्यका विरुद्ध एक गोल गर्दै सुर्केमेला युवा क्लब दोस्रो चरणमा प्रवेश गरेको छ । छ समूह सहभागी महिला फुटसलमा विजेतालाई रु २२ हजार २२२ र उपविजेतालाई रु ११ हजार १११ पुरस्कारको व्यवस्था गरिएको छ ।

१३ समूह सहभागी खुल्ला पुरुष फुटबल प्रतियोगिताको विजेता र उपविजेतालाई ट्रफी, मेडल र प्रमाणपत्रका साथमा नगद रु एक लाख र ५० हजार पुरस्कार प्राप्त गर्ने क्लबका अध्यक्ष दिनेश बानियाँले जानकारी दिनुभयो ।

अनुशाषित टोलीलाई रु १० हजार, उत्कृष्ट खेलाडी, किप्पर, डिफेन्डर, सुटर, मिडफिल्डर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीलाई रु दुई/दुई हजारका दरले पुरस्कृत गरिने उहाँले बताउनुभयो ।

प्रतियोगिताको बेनी नगरपालिका–६ का वडाअध्यक्ष कृष्णसिंह बानियाँले उद्घाटन गर्नुभयो । उहाँले चुत्रेनीको खेलमैदानलाई व्यवस्थित बनाउन रु चार करोडको विस्तृत परियोजना प्रतिवेदन तयार पारेर स्रोतको खोजी गरिरहेको र हालसम्म करिब रु ४० लाख लगानी गरेर पूर्वाधार बनाएको जानकारी दिनुभयो । रासस