३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

तीन तहको सरकारको समन्वयबाट समृद्धि : स्वास्थ्यमन्त्री पौडेल

तीन तहको सरकारको समन्वयबाट समृद्धि : स्वास्थ्यमन्त्री पौडेल
अ+ अ-

तनहुँ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले तीन तहको सरकारको समन्वयबाट समृद्धि सम्भव रहेको बताउनुभएको छ । तनहुँको भिमाद नगरपालिकामा आज आयोजित स्वागत एवं भेटघाट कार्यक्रममा उहाँले सङ्घीय, प्रदेश र स्थानीय तहबाट समन्वय र सहकार्य आवश्यक रहेकामा जोड दिनुभयो ।

मुलुकको समृद्धिका लागि सहमति र सहकार्य आवश्यक रहेको बताउँदै मन्त्री पौडेलले स्थानीय तह नजिकको सरकार भएकाले जनताले सहज र सरल तरिकाबाट सेवा प्राप्ति गर्नुपर्ने बताउनुभयो । स्थानीय तहलाई बलियो बनाउँदै सङ्घीयता सुदृढ गर्नु अहिलेको प्रमुख जिम्मेवारी रहेको मन्त्री पौडेलको भनाइ थियो ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य जितप्रकाश आलेले जनताको भावनाअनुसार तिनै तहको सरकारले काम गर्नुपर्नेमा जोड दिनुभयो । त्यस क्रममा नगरप्रमुख दधिराज सुवेदीले नगरपालिकाले गर्दै आएका कामका बारेमा मन्त्री पौडेललाई जानकारी गराउनुभयो ।

मन्त्री पौडेलले आजै शुक्लागण्डकी नगरपालिका–८ ले आयोजना गरेको तीज गीत प्रतियोगिताको उद्घाटन गर्नुभयो । त्यस्तै, भिमाद एफएमले आयोजना गरेको तीज गीत प्रतियोगिता र घिरिङ गाउँपालिका–१ बैडीमा पुष्पाञ्जली समाज सुधार मञ्चले आयोजना गरेको वडास्तरीय पुरुष भलिबल प्रतियोगिता र तीज गीत प्रतियोगिताको मन्त्री पौडेलले उद्घाटन गर्नुभएको थियो ।  रासस