१४ भाद्र २०८३, आईतवार
,
Latest
रवि लामिछाने र मुख्यमन्त्री किरण थापाबीच भेटवार्ता, विपद् व्यवस्थापनमा तीन तहबीच समन्वय आवश्यक रहेको निष्कर्ष भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सञ्चार सहज बनाउन २० स्याटेलाइट फोन बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत तीव्र बनाउन सरकारसँग समन्वय गर्ने रवि लामिछानेको प्रतिबद्धता माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारका लागि ब्लास्टिङसम्मको तयारी टनेलभित्र उद्धार टोली पठाउने तयारी, पोर्टको मुख सफा गरिँदै भोटेकोशी विपत्तिमा ‘अहंकार, निषेध र प्रतिशोध त्याग्न’ योगेश भट्टराईको बालेन सरकारलाई आग्रह हिमानी कोषद्वारा बाढी प्रभावित समुदायलाई खाद्यान्न तथा राहत सामग्री सहयोग त्रिशूली–३ ‘बी’ आयोजनामा उद्धारका लागि नेपाली सेनासहितको प्राविधिक टोली परिचालित बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा भोटेकोशी बाढीमा मृतकको संख्या ७६८ पुग्यो, चितवनमा मात्रै २६४ शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा ईश्वरी न्यौपाने निर्विरोध



अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिका लागि नेपाली काँग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेको मात्र उम्मेदवारी परेको छ ।

मनोनयनको लागि मंगलवार दिउँसो १ बजेदेखि ४ बजेसम्मका लागि समय तोकिएको थियो । निर्धारित समयमा सभापतिका लागि न्यौपानेको मात्र उम्मेदवारी परेको छ । संसदीय सुनुवाई समिति सभापतिबाट राजीनामा दिएर उहाँले राज्य व्यवस्था समितिको सभापतिमा उम्मेदवारी दर्ता गराउनुभएको थियो ।

उहाँको प्रश्तावक कांग्रेस सांसद रामहरि खतिवडा र समर्थकमा एमाले सांसद कृष्णगोपाल श्रेष्ठ रहनुभएको छ । न्यौपानेको मात्र उम्मेदवारी परेकोले उहाँ समितिको सभापतिमा निर्विरोध चयन हुनुभएको छ । बुधवार बस्ने राज्य व्यवस्था तथा सुशासनको बुधवारको बैठकमा उहाँ सभापतिमा निर्वाचित भएको औपचारिक घोषणा हुनेछ । यसअघि कुलिङ अफ पिरियड छेड्खानी प्रकरणमा संसदीय समितिले नैतिक एवं राजनीतिक जिम्मेवार ठहर गरेपछि रामहरि खतिवडा पदबाट राजीनामा दिनुभएको थियो ।




भर्खरै