१० श्रावण २०८३, आईतवार
,
Latest
भद्रपुरमा निःशुल्क प्लास्टिक सर्जरी शिविर सञ्चालन हुने भारत र बंगलादेश नेपालसँग बिजुली किन्न आतुर छन्, हामीले उत्पादन गर्न सकेका छैनौँः उपेन्द्र यादव संवैधानिक राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै भदौ अन्तिम सातादेखि आन्दोलन गर्ने प्रजातान्त्रिक पार्टी नेपालको… सीमा अपराध नियन्त्रण र राजस्व चुहावट नियन्त्रणमा नतिजामुखी काम गर्न निर्देशन सीमा अपराध नियन्त्रण र राजस्व चुहावट नियन्त्रणमा नतिजामुखी काम गर्न निर्देशन ग्रीसमा हुने अन्तर्राष्ट्रिय फोटो महोत्सवका लागि फोटो पत्रकार सुशील श्रेष्ठका तीन तस्बिर थानाभर्‍याङ क्षेत्रमा पुरुष मृत अवस्थामा फेला जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः अध्यक्ष यादव मोबाइल नदिएको निहुँमा साथीको हत्या झापामा गत आवमा ३९३ लागुऔषधका मुद्दा दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

राज्य व्यवस्था समिति सभापतिमा न्यौपानेको मात्र उम्मेद्वारी



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापति पदमा नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेको मात्र उम्मेद्वारी परेको छ ।

उहाँको उम्मेद्वारीको प्रस्तावकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा र समर्थकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद कृष्णगोपाल श्रेष्ठ रहनुभएको छ । न्यौपाने पनि सोही समितिकी सदस्य हुनुहुन्छ ।

आज दिउँसो १ः०० बजेदेखि ४ः०० बजेसम्म उम्मेद्वार मनोनयन गर्ने कार्यतालिका रहेकामा उहाँले दिउँसो ३ः०० बजे मनोनयन दर्ता गराउनुभएको हो ।

सभापतिमा उहाँको उम्मेद्वारी दर्ता गराउन नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र एमालेका मुख्य सचेतक महेशकुमार बर्तौला समेत जानुभएको थियो ।

समितिको भोलि बस्ने बैठकमा प्रस्तावकले एक मात्र प्रस्ताव परेको जानकारी दिएपछि उहाँ निर्विरोध भएको घोषणा गरिने छ ।

नेपाल विद्यार्थी सङ्घबाट राजनीति सुरु गर्नुभएकी न्यौपाने हाल पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ । यसअघि उहाँ दुवै संविधानसभामा सदस्य हुनुहुन्थ्यो भने पार्टीका तर्फबाट संसदीय दलको सचेतकको भूमिका निर्वाह गरिसक्नुभएको छ । पार्टीमा महिला विभाग प्रमुख भइ जिम्मेवारी सम्हाल्नुभएको अनुभव पनि उहाँसँग छ ।

संसदीय सुनुवाई समितिको सभापतिको जिम्मेवारीमा रहनुभएकी नेतृ न्यौपानेले आजै मात्रै सभामुख समक्ष उक्त पदबाट राजिनामा दिनुभएको थियो ।

पार्टीको आजै बसेको पदाधिकारी बैठकले उहाँलाई सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो । सो पदका लागि बुधबार निर्वाचन हुँदैछ । कांग्रेसकै सांसद रामहरि खतिवडाले सभापतिबाट राजिनामा दिएपछि उक्त पद रिक्त थियो ।

उम्मेद्वारी दिएपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेतृ न्यौपानेले संवेदनशील र महत्वपूर्ण विधेयकबारे निर्णय गर्न पर्ने राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको प्राप्त जिम्मेवारी पुरा गर्न सबैलाई साथ र सहजीकरण गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले भन्नुभयो, “जहाँ बसेर काम गर्न चुनौती हुन्छ, त्यहाँ सम्भावना पनि उत्तिकै हुन्छ । वातावरण बनाएर जिम्मेवारी पुरा गर्नुपर्छ ।”




भर्खरै