४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता

महिलालाई अधिकार दिलाउन मंगलादेवी सिंहको भुमिका महत्वपूर्णः प्रकाशमान सिंह

महिलालाई अधिकार दिलाउन मंगलादेवी सिंहको भुमिका महत्वपूर्णः प्रकाशमान सिंह
अ+ अ-

उप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनकी प्रथम महिला नेतृ मंगलादेवी सिंहले नेपालमा महिलालाई मतााधिकार दिलाउन र शिक्षामा महिलाको पहुँच विस्तार गर्न महत्वपूर्ण भुमिका खेल्नुभएको बताउनुभएको छ ।

मंगलादेवी सिंहको २९ औँ स्मृति दिवसमा मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । मंगलादेवी सिंहले उहाँको जीवनकालमा प्रजातान्त्रिक मूल्य र मान्यता प्राप्त गर्न, लोकतान्त्रिक पद्धतिलाई अगाडी बढाउने कार्यमा गर्नुभएको योगदानलाई स्मरण गरिएको छ ।  उपप्रधानमन्त्ती सिंहले शोभा भगवती र बबरमहलमा रहेको मंगलादेवी ज्येष्ठ नागरिक स्मृति पार्कमा पुगेर सिंहको प्रतिमामा माल्यार्पण गर्नुभयो । प्रतिमामा माल्यार्पण गर्दै उपप्रधानमन्त्री सिंहले महिला अधिकारको लागि मंगलादेवी सिंहले महत्वपूर्ण भुमिका निर्वाह गर्नुभएको बताउनु भयो । महिला अधिकारको लागि आवाज उठाउन मंगलादेवी सिंहले २००४ सालमा महिलाहरुलाई संगठित गर्नको लागि नेपाल महिला संघको स्थापना गर्नुभएको थियो । महिला संघले स्थापनाकालदेखि नै महिलाहरुलाई पनि पुरुष सरह अधिकार दिनुपर्ने काम राख्दै आएको उपप्रधानमन्त्री सिंहले बताउनु भयो । मंगलादेवी सिंह नेतृत्वको महिला आन्दोलनले महिलाहरुले पढ्न पाउने, मताधिकारको अधिकार पाउने अवस्थाको निर्माण भएको उपप्रधानमन्त्री सिंहले स्मरण गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘राणाहरुको जहाँनिया शासन चलिरहेको बेलामा १०४ वर्षको जहाँनिया राणा शासन समाप्त गर्नको लागि राजनितिक गतिविधि शुरु भइसकेको थियो । त्यही समयमा मंगलादेवी सिंहज्युले २००४ सालमा महिलाहरुको हकहित अधिकारको आवाजलाई सम्बन्धित निकायमा पु¥याउनको लागि एक÷दुई जनाले मात्रै कराएर, विचार राखेर नहुने यसलाई संगठित रुपले लाग्नुपर्ने, संगठनको माध्यमबाट महिलाहरुको हकहितको आवाजलाई बुलन्द गर्नुपर्छ भनेर उहाँले २००४ सालमा राणाहरुको जगजगी चलिरहेको बेलामा, महिलाहरु घरबाट बाहिर निस्कन गाह्रो हुने परिस्थितिमा उहाँले महिलाहरुको भेला गरेर उहाँले नेपाल महिला संघको स्थापना गर्नुभएको थियो ।

नेपाली महिलाहरुलाई संगठित गर्नको लागि महिला संघको गठन गर्नुभयो, त्यो गठन गरेको कारणले पनि नेपाली समाजमा महिलाहरुको विषयलाई लिएर, मुद्दालाई लिएर नेपाल महिला संघले शुरुदेखि नै समाजलाई अगाडी बढाउनको लागि पुरुषले मात्रै महिलाहरुको पनि भुमिका रहनुपर्छ । पुरुषसरह महिलाहरुको पनि हकअधिकार हुनुपर्छ । त्यसबखत दरबार हाई स्कुल एउटा मात्रै थियो, त्यहाँ छोरीहरुले पढ्न पाउँदैन थियो । उहाँले पद्मसमशेरकहाँ जुलुस लगेर छोरीहरुले पनि पढ्न पाउनुप¥यो, स्कुल हुनुप¥यो भनेर आवाज उठाएपछि पद्मकन्या स्कुल गठन भएको हामीले स्मरण गर्नुपर्छ । महिलाहरुलाई शिक्षाबाट, उज्यालो घामबाट वञ्चित गर्न हुँदैन, पढ्न पाउने अधिकार छोरीहरुलाई पनि हुनुपर्छ भनेर भन्ने कुरालाई उहाँले जोड दिएको हो । त्यतिमात्रै नभएर त्यतिबेला नगरहरुको निर्वाचनमा महिलाहरुलाई मताधिकार पुरुषसरह हुनुपर्छ भनेर दबाबको रुपमा जुलुस निकालेर महिलाहरुको जुलुसले गर्दा तत्कालिन सरकारले महिलाहरुलाई मताधिकार दिलाएको हो ।’

मंगलादेवी सिंहले महिलाहरुलाई पैतृक सम्पतीमा पुरुषसरह हक हुनुपर्ने, राज्यका नीति निर्माण गर्ने तहमा महिलाहरुको उचित स्थान हुनुपर्ने, आमाको नाममा नाकरिकता लिन पाउनुपर्ने लगायतका आवाज उठाउनुभएको थियो । मंगलादेवी सिंहको योगदानको बारेमा आगामी पुस्तालाई जानकारी गराउन आवश्यक रहेको उपप्रधानमन्त्री सिहंको भनाई छ ।