१३ श्रावण २०८३, बुधबार
,
Latest
राष्ट्रपतिसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेट, राजनीतिक अवस्था र संसदीय गतिविधिबारे छलफल स्थानीयको गुनासोपछि बञ्चरेडाँडाको फोहार व्यवस्थापनका समस्याबारे सञ्चारमन्त्री डा तिमिल्सिनाको चासो, तत्काल समाधान गर्न सम्बन्धित निकायलाई… स्वास्थ्य मन्त्रालयको प्रशासनिक संरचना एकीकृत गरिँदै, सचिव देवकोटा नयाँ कार्यकक्षमा स्थानान्तरण विभिन्न विधेयक संसद्मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति प्रधानमन्त्रीको निर्देशनपछि फुटवेयर क्षेत्रमा २० हजार रोजगारीको पहल सोरुबाट सुरु भएको थियो कर्णाली प्रदेशका पाँचौँ मुख्यमन्त्री जीवन यात्रा बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो एसियाडमा काँस्य पदक विजेता नेपाली महिला कबड्डी टोलीले भारतमा तयारी गर्ने समस्याग्रस्त र राम्रा सहकारीलाई एउटै दृष्टिकोणले हेर्नु हुँदैन : मन्त्री रायमाझी सरोकारवालासँगको परामर्शविना ल्याइने सहकारी ऐन मान्य नहुने महासंघको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘इम्बोस्ड नम्बरप्लेट लगाउने निर्णय कार्यान्वयन गर्न सकिँदैन’



अ+ अ-

काठमाडौँ। देशभरका यातायात व्यवसायीहरुको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले इम्बोस्ड नम्बरप्लेट लगाउने निर्णय तत्काल कार्यान्वयन गर्न नसकिने बताएको छ ।

महासङ्घका महासचिव डेकनाथ गौतमले आज प्रेस विज्ञप्ति जारी गरी देशभर रहेका यातायात कार्यालयमा इम्बोस्ड नम्बर प्लेट लगाउने प्रविधिको विकास नभएकाले तत्काल उक्त निर्णय कार्यान्वयन गर्न नसकिने बताउनुभएको हो ।

“नेपाल सरकारले सार्वजनिक तथा निजी सवारीमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट लगाउने निर्णय गरी कार्यान्वयनमा जाँदा आमरुपमा विरोध पश्चात इम्बोस्ड नम्बर लगाउने कार्य स्थगित भएको अवस्थामा पुनः यसलाई लगाउने निर्णय न्यायोचित छैन”, महासङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ । महासङ्घले इम्बोस्ड नम्बर प्लेट लगाउने विषयमा सर्वाेच्च अदालतबाट भएको फैसलालाई भने स्वागत गरेको छ ।

वर्तमान अवस्थामा इम्बोस्ड नम्बर लगाउन जाने सार्वजनिक सवारीका साधनका व्यवसायीले पुरानै नम्बरमा कर तिर्ने कागजपत्र नवीकरण गर्ने र इम्बोस्ड नम्बरको राजस्व मात्र लिएको र भौतिक पूर्वाधारविना राजस्व असुली गर्ने कार्य न्यायोचित नभएको हुँदा तत्काल जारी गरिएको सूचनालाई पुनःमूल्याङ्कन गर्न सरकारलाई आग्रह गरेको छ । रासस




भर्खरै