२ पुष २०८२, बुधबार
,
Latest
जनताले बिकल्प खोजेका छन् , राष्ट्रबादी शक्ति नै अबको बिकल्प – कमल थापा पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास एमाले नेतृत्व चयनका लागि मतदान समय ८ बजेसम्म थप जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध



अ+ अ-

धादिङ। यहाँको गजुरी गाउँपालिका–५ गलौदीस्थित पृथ्वी राजमार्गमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

साँझ साढे पाँच बजेतिर पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो । पहिरो खसेको स्थान इलाका प्रहरी गजुरीदेखि करिब १.५ किलोमिटर पूर्व छ ।

सडक खुलाउन प्रहरी परिचालन गरिएको छ । प्रहरी नायब उपरीक्षक विकास थापाको कमाण्डमा १० जना खटिएको र डोजर प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको जनाइएको छ । रासस