३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

सङ्घीय राजधानी बाहिर पहिलो पटक कोशी अस्पतालमा नि: सन्तान क्लिनिक सञ्चालन

सङ्घीय राजधानी बाहिर पहिलो पटक कोशी अस्पतालमा नि: सन्तान क्लिनिक सञ्चालन
अ+ अ-

विराटनगर । कोशी अस्पतालमा इन्ट्रा युट्राइन इन्सेमिनेसन (आइयुआई) सेवा सञ्चालनमा आएपछि नि:सन्तानपनको समस्याले पीडित दम्पतीलाई सहयोग पुर्‍याएको छ ।

दैनिक १० देखि १५ दम्पती नि:सन्तान उपचारको लागि अस्पलालद्वारा सञ्चालित नि:सन्तान उपचार क्लिनिक आउने गरेका छन् । अस्पतालको स्त्री तथा प्रसूति रोग विभागमार्फत सञ्चालन भइरहेको उक्त क्लिनिक संघीय राजधानी बाहिर पहिलो पटक सरकारी अस्पतालमा सञ्चालन गरिएको हो ।

उक्त सेवा सञ्चालनमा आएपछि निजी अस्पतालमा गएर खर्च धान्न नसक्ने न्यून आयभएका दम्पतीले राहत महसुस गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रुणा झा बताउनुभयो । “निजी क्लिनिकमा गएर नि:सन्तानपनको उपचार गर्न नसक्ने गरिब तथा विपन्न वर्गका दाम्पतीलाई सरकारी अस्पतालमा सर्वसुलभ तरिकाले उपचार सेवा प्रदान गर्ने उद्देश्यले अस्पतालमा सेवा सुरु गरेका थियाँै”, उहाँले भन्नुभयो,“अझैपनि धेरैलाइर्् नि:सन्तान क्लिनिकले प्रदान गर्ने सेवाको बारेमा जानकारी पयाप्त मात्रामा पुग्न सकेको छैन, त्यसैले सोचेजस्तो सेवाग्राही आएका छैनन” ।

अस्पतालको स्त्री तथा प्रसूति रोग विभाग प्रमुख डा अञ्जुदेव र स्त्रीरोग विशेषज्ञ डा मधुमिता राणाले उक्त क्लिनिक सञ्चालन हँुदै आएको क्लिनिकमा सेवा प्रदान गरिरहनुभएको छ । परामर्श, प्रारम्भिक परीक्षणदेखि लिएर आवश्यक भएमा आययूआईसम्मको सेवा विभागमार्फत दिइने गरिएको छ ।

निजी अस्पतालको खर्च धान्न नसक्ने धेरै दम्पती यहाँ सुलभ शुल्कमा परीक्षण, परामर्श र उपचार सरकारी अस्पतालमै सञ्चालन भएपछि धेरैलाई आशा पलाएको प्रमुख डा अञ्जुदेव बताउनुहुन्छ । “हामीले संघीय राजधानीको प्रसूति गृह अस्पताल सरहको शुल्कमै सेवा प्रदान गरिरहेका छौँ”, उहाँ भन्नुहुन्छ, “हामीले आइयूआई सेवाको शुल्क करिब रु ६ हजार तोकेको छाँै जुन निजी क्लिनिकमा दोब्बर वा सो भन्दा बढीपर्छ । शुल्क सस्तो भएपछि मध्यम आयवर्गका दम्पतीलाई यसले ठूलो राहत दिएको छ । ”

बिमाबाट सेवा लिन सकिने

अस्पतालले सुरु गरेको नि:सन्तान उपचार सेवा स्वास्थ्य बिमितका लागि राहतदायी बन्ने भएको छ । अस्पतालका अनुसार बिमामा आबद्ध सेवाग्राहीले बिमा कार्ड प्रयोग गरी आवश्यक जाँच र उपचार सेवामध्ये अधिकांश सुविधा कम खर्चमा लिन सक्नेछन् । प्रमुख डा अञ्जुदेवका अनुसार नि:सन्तानको समस्यामा परेका दम्पतीका लागि यो सेवा ठूलो राहतका रूपमा आउनेछ । “कुनै–कुनै अपवादबाहेक अधिकांश जाँच स्वास्थ्य बिमा योजनामार्फत नै गराउन सकिन्छ,” उहाँले भन्नुभयो “हाम्रो चाहना सकेसम्म बिरामीलाई न्यून खर्चमा सेवा दिन सकियोस् भन्ने हो ”।

उपचारको बारेमा आम जनतालाई अझ जानकारी दिनुपर्ने आवश्यकता औंँल्याउँदै, बिमाको पहुँच बढे उपचार सेवामा सहजता आउने विश्वास रहेकोसमेत बताउनुभयो । यसबाट विशेषगरी आर्थिक कारणले उपचारबाट वञ्चित हुँदै आएका परिवारलाई प्रत्यक्ष लाभ हुने अपेक्षा गरिएको उहाँको भनाइ छ ।

नि:सन्तानपनको उपचारमा आययूआई प्रारम्भिक चरणमा प्रयोग हुने प्रविधि मानिन्छ । उहाँ भन्नुहुन्छ, “पुरुषमा शुक्राणुको मात्रा वा गुणस्तर कम हुँदा, महिलामा अण्डा उत्पादनमा समस्या हुने, महिनावारी अनियमित हुने वा शुक्राणु पाठेघरमा नपुग्ने समस्या आयो भने आययूआई प्रविधिबाट सन्तान सुख दिलाउन सकिन्छ ।”

उहाँका अनुसार हाल अस्पतालमा आययूआई सेवा सुरु गरिएको छ, भने सफलतापूर्वक सञ्चालन भएपछि आवश्यकता अनुसार इन–भिट्रो फर्टिलाइजेसन (आइभिएफ) सेवा पनि सुरु गर्ने योजना छ । आइयूआईबाट पनि उपचार सम्भव नभएमा भने दम्पतीलाई सरकारले सञ्चालन गरेको अन्य अस्पतालमा रेफर गरिने उहाँको भनाइ छ ।

नेपालमा नि:सन्तानपन स्वास्थ्य समस्याका रूपमा देखा पर्न थालेको चिकित्सकहरूले बताएका छन । महिलामा प्रजनन अङ्गसँग सम्बन्धित रोग, मासिक धर्मको अनियमितता, हर्मोनल असन्तुलन, अण्डा उत्पादनमा कमी वा अण्डाशयसम्बन्धी समस्या प्रमुख कारण मानिन्छ । त्यस्तै, पुरुषमा शुक्राणुको उत्पादन, गति वा गुणस्तरमा कमी हुँदा पनि सन्तान सुख टाढा हुने गरेको छ ।

विश्व स्वास्थ्य सङ्गठनका तथ्याङ्कअनुसार, नि:सन्तानपनले विश्वभर करिब १५ प्रतिशत दम्पतीलाई असर गर्छ । नेपालमा पनि करिब १० देखि १५ प्रतिशत दम्पती यस समस्याबाट प्रभावित हुने गरेको अनुमान छ । कोशी अस्पतालले सञ्चालन गरेको यो क्लिनिक उपचार मात्रै होइन, प्रजनन स्वास्थ्यबारे जनचेतना फैलाउने र मानसिक–भावनात्मक सहयोग पुर्‍याउने उद्देश्यसहित अघि बढाइएको छ । नि:सन्तानपन केवल स्वास्थ्य समस्या मात्र नभइ सामाजिक दबाब र मानसिक तनावसँग पनि जोडिएको हुन्छ । यस्ता अवस्थामा परामर्श, जानकारी र उपचार एकैसाथ उपलब्ध हुँदा दम्पतीले ठूलो राहत पाउने अस्पतालले जनाएको छ । रासस